दयाराज न्यौपाने
बराङ्दी मालारानी कृषि तथा पशुपंक्षी सहकारी संस्था लिमिटेडको १७ औ साधारण सभा तथा आठौ अधिबेशन बगनासकाली गाउँपालीका ९ चापपानीमा सम्पन भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश अर्थ मन्त्रालयका बरिस्ठ लेखा अधिकृत लिलाधर अर्यालले सहकारीको मर्मलाई आत्म साथ गर्दै आय आर्जनको बाटोमा लगानीले मात्र उद्यमशिलतामा बढावा दिने बताउनु भएको छ ।
उहाले हरेक कामलाई ब्यवसायिक बनाउन आग्रह समेत गर्नु भएको थियो । साधारण सभामा संस्थाको बार्षिक आय —व्यय प्रतिबेदन प्रस्तुत गदै ब्यवस्थापक जिवलाल बस्यालले १ करोड ७१ लाख रुपैया बराबरको कारोवार गरेको जानकारी गराउदै यस आर्थीक बर्षमा ५ लाख ८२ हजार रुपैया सुद्ध नाफा गरेको जानकारी गराउनुभएको थियो। कार्यक्रममा संस्थाको निती तथा कार्यक्रम प्रस्तुत गदै अध्यक्ष चिन्तामणि बस्यालले सहकारी मार्फत धेरै कामको थालनी भएको र आगामी दिनमा संस्थाले आय आर्जनको क्षेत्रमा लगानी बढाउदै लैजाने बताउदै सस्थाले आधुनिक प्राविधिमार्फत कृषिको थालनी गरेको जानकारी दिनु भएको थियो। संस्थाले सस्तो पसल ,अदुवा पकेट क्षेत्र सहित बाख्रा अनुदान कार्यक्रम संचालन गर्दै ब्यवसायिक काम गरेको संस्थाका सचिव हरि प्रसाद बस्यालले बताउनु भयो । कार्यक्रममा बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण भुसाल , वडा सदस्य यमलाल तिमिल्सिना , समाजसेवी लिलाधर बस्याल ,महिला समन्वय समितिका अध्यक्ष पेमा बस्याल,पुर्व अध्यक्ष मुक्तिराम बस्याल सेयर सदस्य गीता अर्याल ,मोहन अर्याल , पत्रकार दयाराज न्यौपाने , पम्फा गौतम देशकान्त बस्याल लगायतले सहकारीले गरेको कामको चर्चा गर्नु भएको थियोे ।
कार्यक्रममा संस्थालाई लामो समय सहयोग गरेका संस्थाका पुर्व ब्यवस्थापक ,असल बचतकर्ता ,८४ बर्ष पूरा हुनुभएका सेयर सदस्य ३ जना र सफल ब्यवसायीलाई सम्मान पत्र पाल्पाली करुवा , र मायाको चिनोले सम्मान गरीएको थियो । संस्थामा ३सय ८५सेयर सदस्य रहेका छन् ।
साधारणसभा मालारानी कृषि तथा पशुपंक्षी सहकारी संस्था लिमिटेड चापपानीका अध्यक्ष चिन्तामणि बस्यालकोअध्यक्षतामा चलेको थियो ।
भने आठौ अधिबेशन चिन्तामणि बश्यालकै अध्यक्षतामा ११ सदस्यीय समितिको चयनभएको छ। जस्को उपाध्यक्ष छबिलाल बश्याल ,सचिव हरि प्रसाद बश्याल,कोषाध्यक्ष सीता घिमिरे, सहसचिव दुर्गा प्रसाद बश्याल र सदस्यहरुमा पम्फा गौतम,दिपा सारु,मनीषा बश्याल,दामोदर बश्याल,बाटुली बि क र यज्ञ प्रसाद बश्याल चयन हुनुभएको छ । भने ३ सदस्यीय लेखा समितिको समेत गठन भएको छ जसको संयोजक बिष्णु प्रसाद बश्याल,सदस्य प्रभा अर्याल र युबराज ढकाल रहनुभएको छ।













