दमौली- तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा सोमबार बेपत्ता भएका बालक फेला परेका छैनन् । बेपत्ता हुनेमा घिरिङ गाउँपालिका–५ धेनुङका १२ वर्षिय ईश्वर विक रहेको प्रहरीले बताए ।
पुट्टारबाट स्याउलीबजार जोडिएको झोलुङ्गे पुलबाट केही तल तीन जना पौडी खेल्न गएकामा विक नदीले बगाएर बेपत्ता भएका थिए। अन्य दुई भने नदी तर्न सफल भएका थिए ।
सोमबार दिउँसोदेखि बेपत्ता बालक अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताउनुभयो । बेपत्ता बालकको आजै पनि खोजीकार्य गरिएको छ । बेपत्ता बालकका आमा पूर्णमाया विकले छोराको खोजीका लागि सहयोग पु¥याउन आग्रह गर्नुभएको छ ।













