पाल्पा । बगनासकाली गाउँपालिकामा बिपद् व्यवस्थापन सम्बन्धी आधारभूत तालिम सञ्चालन गरेको छ । बगनासकाली गाउँपालिकाको स्थानीय स्काउट समितिको आयोजनामा १ दिने तालिम सम्पन भएको हो । तालिममा बगनासकाली गाउँपालिकाभित्रका १५ वटा विद्यालयका १ सय बढी स्काउट विद्यार्थी,शिक्षकसहभागिता रहेको तालिममा शसस्त्र प्रहरी वल ३५ नं. गुल्म हेड क्वाटर पाल्पाका साहायक प्रहरी निरिक्षक दिपक न्यौपाने सहितको टोलीले प्रकृतिक र मानव सृर्जित बिपद् तथा नेपाल रेड्क्रस पाल्पाका प्रमुख विनोद भारतीले प्राथमिक उपचार बारे सहजीकरण गर्नुभएको थियो ।
गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले गाउँपालिकाले विपद्का विषयमा चनाखो भएर काम गरिरहेको उल्लेख गर्नु भएको छ । उहाँले विपद्ले हुने क्षति न्यूनीकरण गर्न सजिलो होस भन्ने उद्देश्यले आयोजित तालिमले आगामी वर्षमा कम क्षति र धेरै सचेतना फैलिने विश्वास व्यक्त गर्नुभयो । शसस्त्र प्रहरी वल ३५ नं. गुल्म हेड क्वाटर पाल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक झुपा कुमारी पन्थीले हरेक स्थानमा विपद् आउन सक्ने बताउदै पूर्व तयारीमा स्थानीय तहले मुख्य भुमिका खेल्न सक्ने बताउनु भएको छ । पछिल्लो समय पाल्पा आगलागी,सवारी दुर्घटना जस्ता घटनाले आक्रान्त बनाएको बताउदै यसको न्यूनिकरणका लागि तर्फदक्ष जनशक्ति उत्पादन सगै सचेतना जगाउने अभियानमा लागेको बताउनु भयो । उहाँले बगनासकाली गाउँपालिकाले स्काउट मार्फत गरेको कामको प्रंसशा गर्नुभएको थियो । तालिमबाट प्राप्त गरेका ज्ञान, सीप र दक्षतालाई आ–आफ्नो कार्यक्षेत्रमा जिम्मेवारीपूर्वक त्रुटीरहित ढंगबाट कार्यसम्पादन गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे विद्यार्थीहरुलाई ज्ञान प्रदान हुदा धेरै क्षेत्र समेटीने बताउनु भएको छ ।उहाँले विपद्का बारेमा सबैले चनाखो भएर काममा लाग्न् आग्रह समेत गर्नुु भएको छ । स्थानीय स्काउट समितिको प्रमुख आयुक्त दयाराज न्यौपानेले स्काउट सदैव हरेक काममा तयार भएको उल्लेख गदै स्काउटले सीप मार्फत विपद्का घटनामा कमी ल्याउन सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापाले स्काउटलाइ हरेक गतिविधिमा समाबेश गराउदै लैजाने उल्लेख गदै सामाजिक काममा देखाउको चासो सकरात्मक रहेका बताउनु भयो । कार्यक्रममा गाउँपलिकाका उपाध्यक्ष हरि प्रसाद पाठक,वडाध्यक्षहरु,विपद् व्यवस्थापन समिति संयोजक बोमलाल सुनार,इन्जिनीयर प्रमोद कुंवर सहित कार्यपालिका सदस्य तथा १५ वटा विद्यालयका प्रधानाध्याप सहित स्थानीय स्काउट समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । । तालिममा शसस्त्र प्रहरी वल ५ नं. गुल्म हेड क्वाटरका तालिम प्रशिक्षकहरुलाइ सम्मान गरिएको थियो । शिक्षा शाखा प्रमुख निसा पाण्डेको स्वागत मन्तव्य ,स्थानीय स्काउट समितिका आयुक्त अम्बिका पोखरेल र बाल मैत्री फोकल प्रसन नारायण तिमिल्सेनाको सञ्चालनमा कार्यक्रम चलेको थियो ।













