पाल्पा – स्थानीय निर्वाचनमा पत्रकारको भूमीका, मर्यादित र निष्पक्ष रिपोटिङ्ग सम्बन्धि कार्यशाला पाल्पामा सम्पन्न भएको छ । स्थानीय निर्वाचनमा पत्रकारकोे भुमिका र पालना गर्नुपर्ने आचारसंहिताको बिषयमा छलफल भएको छ ।
नेपाल पत्रकार महासङ्घ पाल्पा र पाल्पा विकास केन्द्रको आयोजना भएको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले पत्रकारले हतारमा छिटो सूचना दिने नाममा वास्तबिक सत्य माथी प्रश्न उठ्न थालेको बताउनुभयो । उहाँले जिल्लाको पछिल्लो निर्वाचन तयारीको बिषयमा जानकारी दिदै ११८ मतदान स्थलमा २४७ मतदान केन्द्र रहेको जानकारी दिनुभयो । उहाँले जिल्लामा २१ हजार मतदाता बृद्धि भएको जानकारी दिदै १ हजार ९ सय ७१ जना कर्मचारी परीचालन हुने बताउनुभयो । सुरक्षाको लागी दि फेमस महेन्द्र दलका सेना ४ सय ७ जना, सशत्र प्रहरीका २ सय ७८ जना, नेपाल प्रहरीका ७ सय ४ जना र म्यादी प्रहरीका १ हजार ८० जना परीचालित भएको बताउनुभयो ।
स्वच्छ,स्वतन्त्र,निष्पक्ष,पारदर्शी र विश्वसनीय निर्वाचनका लागी पत्रकारले खेल्नु पर्ने भूमीकाका विषयमा पाल्पा विकास केन्द्रका सल्लाहाकार गोपाल प्रसाद बस्यालले प्रस्तुती दिनुभएको थियो ।
कार्यक्रमको उद्धेश्य माथी प्रकाश पार्र्दै पाल्पा बिकास केन्द्रका अध्यक्ष कृष्ण पोखरेलले स्वागत गर्नुभएको थियो । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाको अध्यक्षता र महासंघका सचिब यज्ञमुर्ती तिमिल्सिनाको सन्चालनमा सम्पन्न भएको हो ।













