पाल्पा – पाल्पाको रैनादेवी छहरा–६, जुठापौवामा शुक्रबार बेलुकी बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार बेलुकी ५ बजेतिर रैनादेवी छहरा गाउँपालिका–६, पानीधाराबाट जुठापौवा जाँदै गरेको ग १ ख ४९०२ नम्बरको बस ५ बजेतिर दुर्घटना हुँदा दुई जनाको मृत्यु छ भने चार जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा रैनादेवी छहरा–६, धारापानीका ४२ वर्षका बेदबहादुर जीसी र १० वर्षका अशोक रास्कोटीको समेत मृत्यु भएको छ । यस्तै सोही स्थानका ७ वर्षका रोहित घर्ती, आठ वर्षका मिलन बगाले, ८ वर्षका रोमन घर्ती, ९ वर्षका खिमबहादुर घर्ती गम्भीर घाइते हुनुभएको छ । गम्भीर घाइते चार जनाको लुम्विनी मेडिकल कलेजमा उपचार भइरहेको कलेजका प्रवक्ता कृष्ण पराजुलीले जानकारी दिनुभयो ।
गम्भीर घाइते चार जनाको तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । बस कच्ची सडकदेखि चार सय मीटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । साँघुरो बाटोमा बस अत्याधिक गति भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ ।













