पाल्पा, चैत २०
वैशाख ३० गते हुने स्थानीय निर्वाचन मा कांग्रेस क्षेत्र नं. एकले वडा तथा पालिकाहरुको सुझाव अनुसार अगाडी बढ्ने भएको छ । शनिबार नेपाली कांग्रेस क्षेत्र नं. १ को क्षेत्रीय समितिको बैठक ताहुँमा सम्पन्न भएको हो। बैठकले प्रतिनिधी सभा क्षेत्रीय संसदीय समितिको गठन गरेको छ ।
आसन्न स्थानीय निर्वाचनका लागि वडाले पालिका तथा पलिकाहरुले क्षेत्रीय समितिमा चैत २५ गते भित्र छलफल गरि निर्णय दिनुपर्ने क्षेत्रीय सभापति झमान राज मगरले बताए । निर्वाचनका लागि उम्मेदवारहरु चयन गर्न वडाबाट सिफारिस हुनुपर्ने तथा स्थानीय स्तरमा बसि सामाजिक कार्यमा सक्रियलाई प्राथमिकता दिने छलफल भएको बताईएको छ ।
क्षेत्रीय संसदीय समितिको सभापति माझमानबहादुर राज मगर मनोनित भएकाछन् । क्षेत्रीय सभापतिको सभापतित्वमा १४ सदस्यीय समिति मनोनित गरिएको हो । यस्तै १७ सदस्यीय कार्यसम्पादन समितिपनि गठन गरिएको छ । सोही अवसरमा क्षेत्रीय समितिको बैठक समेत सम्पन्न भएको छ । समितिले वडातथा पालिकास्तरबाट आएको रायबुझेरमात्र गठबन्ध नगर्नुपर्ने आवश्यकता महशुस भएमा गठबन्ध नगर्ने नभए कार्यकर्ताको मनोभावना अनुसान नै स्थानीय चुनावमा केन्द्रीत हुने निर्णय समेत गरेको क्षेत्रीय समितिले जनाएको छ ।
कार्यक्रममा लुम्बिनीप्रदेश सभा सदस्य बिष्णुमायाढकाल, नेपाली कांग्रेस पाल्पाका उपसभापति ज्ञानबहादुर गाहा, सचिव सन्तोष कुमार थापा, महासमिति सदस्य देवराजढकाल, महाधिवेशन प्रतिनिधिहरु पुरुषोत्तम केसी, दानबहादुर पछाई, मुना राना, सीमा राना तथा प्रतिनिधी सभा क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले आफ्ना विचार व्यक्त गरेका थिए ।
स्थानीयतह निर्वाचन, न्यूज डेस्क













