पाल्पा।
कृषि उत्पादन बढाउन तानसेन नगरपालिकाले द्वन्द्व पीडितहरुका लागि एक कार्यक्रमका बिच कृषि सामग्री वितरण गरेको छ।
यस आर्थिक वर्षमा द्वन्द्व पीडितहरुका लागि सिपमुलक तालिम अन्तर्गत व्यवसायिक लहरेबालि तथा कौशी खेती सम्बन्धि २ दिने तालिम दिइएको थियो ।सोहि तालिममा माग भएअनुसार हिजो सामग्री वितरण गरेको हो। नगरपालिका भित्रका २० जना द्वन्द्व पीडितहरुका लागि आधुनिक कृषि सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रमका प्रमुख अथिति तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठलेे स्थानीय तहले द्वन्द्व पीडितका पीडा सम्बोधनका लागी पीडित लक्षित कार्यक्रम ल्याएको बताउनुभयो । नगरका १४ वटै वडामा नगरपालिकाले विभिन्न किसिमका सिपमुलक तालिमहरु प्रदान गरी नगरबासीहरुलाई आत्मनिर्भर बनाउन लागीएको समेत बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले आफ्नो लागि आवश्यक तरकारी आफै उत्पादन गर्न आग्रह गर्नुभयो । साथै उहाँले द्वन्द्व पीडितलाई रोजगार र आय आर्जनसङ जोड्न सिपमुलक अन्तर्गत व्यवसायीक खेतीसंग जोड्न कृषि सामग्री वितरण गरेको बताउनुभयो।
तालिममा बोल्दै तानसेन नगरपालिकाका प्रवक्ता यादव सिह कार्कीले नगरपालिकाले दिएको सामग्री थोरै भए पनि आर्थिक भार कम हुने, स्वच्छ तरकारी उत्पादन संगै उपभोग गर्न सकिने बताउनुभयो।
तालिममा कृषि शाखा प्रमुख सरोज तिमिल्सिनाले किसानका लागि नगरपालिकाले बेलाबेलामा तरकारीको विउ वितरण लगाएतका कृषि औजारहरु वितरण गर्दै आएको बताउनु भयो । कार्यक्रमअन्तर्गत प्लास्टिक,स्प्रे ट्याङ्की, हजारी,सिंचाइ पाइप,कोदाली लगायतका सामग्री वितरण गरिएको कृषि प्राविधिक आश्मा काकीले बताउनुभयो।
सामग्री हस्तान्तरण गर्नुहुँदै कार्यक्रमका अध्यक्ष नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले कृषिमा व्यावसायिकता बढाएर र कृषि उत्पादन बढाएर आर्थिक उपार्जन गर्न आधुनिक सामग्री प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । कृषिलाई व्यवसाय उन्मुख बनाउन उत्पादन बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले द्वन्द्व पीडितहरुका लागि छुट्टाइएको बजेटबाट आधुनिक कृषि सामग्री निशुल्क उपलब्ध गराइएको बताउनुभयो । स्थानीय सरकारले वजेट छुट्याउँदा द्वन्द्व पीडितलाई पनि समावेश गराउनु पर्नेमा जोड दिएको बताउनुभयो। आगामी दिनमा पीडितहरुको आवश्यकता, चाहाना र सन्तुष्टि मिल्ने खालका द्वन्द्व पीडित लक्षित कार्यक्रम ल्याउने बताउनुभयो ।
सोहि अवसरमा नगरपालिकाभित्र फुलखेती गर्ने किसानसंग अर्न्तकृया समेत गरेको छ।फुलखेती विस्तारका लागि के गर्न सकिन्छ,बजारीकरणको अवस्था,चुनौती लगायतका विषयमा छलफल गरीएको हो। अर्न्तकृयामा बोल्ने बक्क्ताले फुलखेती विस्तार भन्दा पनि बजारीकरणका लागि चुनौतीको विषय बनेको बताएका थिए।













