पाल्पा – पाल्पामा १४ वटा दल दर्ता भएका छन् । जिल्लामा क्रियाशील मुल्य पाँच दलसहित १४ दल दर्ता भएका हुन् । कतिपय नामै नसुनेका दल पनि निर्वाचन कार्यालय पाल्पामा दलको रुपमा दर्ता भएको छ ।
निर्वाचन कार्यालय पाल्पाका निर्वाचन अधिकारी रुक्मागत अर्यालले दिनुभएको जानकारी अनुसार पाल्पामा निम्न बमोजिमको राजनैतिक दल दर्ता भएका छन् । आगामी २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ, सोही प्रयोजनका लागि खुला गरिएको दल दर्ता प्रक्रियामा पाल्पामा १४ वटा दल दर्ता भएको उहाँले जानकारी दिनुभयो ।
वि.स. २०७४ सालको निर्वाचनमा पाल्पामा नौँ वटा दल मात्रै दर्ता भएका थिए । अहिले दर्ता हुने दलको सङ्ख्या बढेर १४ पुगेको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पामा दर्ता भएका दलहरू
१. नेकपा (एमाले)
२. नेपाली काङ्ग्रेस
३. नेकपा (माओवादी केन्द्र)
४. जनता समाजवादी पार्टी
५. नेकपा (एकीकृत समाजवादी)
६. राष्ट्रिय प्रजातन्त्र पार्टी
७. राष्ट्रिय जनमोर्चा नेपाल
८. राष्ट्रिय जनमुक्ति पार्टी
९. राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
१०. नेकपा माले
११. उन्नत लोकतान्त्रिक पार्टी
१२. मंगोल नेश्नल अर्गनाइजेशन पार्टी
१३. नेपाली कांग्रेस (विपी)
१४. सामाजिक एकता पार्टी













