पाल्पा । नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग पाल्पाको बैठक मंगलबार सम्पन्न भएकोे छ।
बैठकले आगामी बैशाख २० गते शनिबार प्रचार प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । एमाले जिल्ला कमिटीका पदाधिकारी, प्रचार विभाग, पालिका कमिटी अध्यक्ष, स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष, वडा अध्यक्ष, जिल्ला समन्वयका प्रमुख र उपप्रमुख प्रचार प्रशिक्षण कार्यक्रममा सहभागी रहेको प्रचार विभाग प्रमुख दीपक विश्वकर्माले बताउनुभयो ।
प्रचार विभाग उपप्रमुख मिलन विश्वकर्माको संयोजकत्वमा ५ सदस्यीय प्रचार डेस्क समिति गठन गरिएको थियो । सदस्यमा रेखिराम राना, कृष्ण पोखरेल, दयाराज न्यौपाने र खेमराज पाण्डे रहेका छन् । पार्टीको वेवसाइट तथा फेसबुक पेज सञ्चालन गरिएको सचिव रेखिराम रानाले बताउनुभयो । पाल्पाली कम्युनिष्ट आन्दोलनको इतिहास (बृतचित्र) डिजिटिल सामाग्री निर्माण गरिने भएकोे छ । पाणेनी क्षेत्रमा चैत २७ गते भएको सम्मेलन र यही चैत २९ गते बुटवलमा प्रधानमन्त्री आउने कार्यक्रम रहेकाले कार्यक्रमलाई सफल पार्न प्रचारप्रसारलाई प्रभावकारी बनाउने निर्णय गरिएको छ ।
बैठकले विराटनगरमा सम्पन्न प्रेस चौतारी नेपालको राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित मिलन विश्वकर्मा, अनुशासन आयोग सदस्यमा निर्वाचित टिकाराम बस्याल, प्रदेश कमिटी सचिवमा निर्वाचित कृष्ण पोखरेल सचिव, सदस्य नवराज ज्ञवाली, नेपाल पत्रकार महासंघ पाल्पाको अध्यक्षमा निर्वाचित कमलराज तिमिल्सिना, विजय बौडेल कोषाध्यक्ष, सदस्यहरु र प्रेस चौतारी नेपाल पाल्पाको अध्यक्षमा निर्वाचित कृष्ण कार्कीसहितको टिमलाई हार्दिक बधाई गरिएको थियो ।
बैठकमा प्रमुख अतिथि नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा पाल्पा इन्चार्ज ठाकुर गैरेले अहिले नेपालको राजनीतिलाई अस्थिर बनाएर त्यसबाट लाभ लिन खोज्ने तत्वहरू सक्रिय भएको भन्दै यसको भण्डाफोर गर्नुपर्ने बताउनुभयो । उनीहरूले हाम्रो पार्टी र नेतृत्वका विरुद्धमा प्रहारलाई केन्द्रित गरेका छन् । मिथ्या र भ्रमपूर्ण प्रचारका विरुद्ध समाचार सम्प्रेषण गर्नुपर्ने बेला आएको उहाँले बताउनुभयो । प्रचारको कामलाई प्रभावकारी र विश्वसनीय बनाएर समाचार सम्प्रेषण गर्न गैरेले निर्देशन दिनुभयो ।
बैठकमा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य धनेन्द्रराज घिमिरे, एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तिमगर, सचिव रामजी पोखरेल, लुम्बिनी प्रदेश प्रचार विभाग सदस्य कृष्ण पोखरेल लगायतको उपस्थिति रहेको थियो ।















