रिब्दिकोट पाल्पा ।
रिब्दिकोट गाउँपालिका वार्ड न ६ को आयोजनामा लक्षित कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा युवा तथा महिला केन्द्रित ३५ दिने दुई पाङ्ग्रे ,चार पाङ्ग्रे सवारि चालक तालिम रिब्दिकोट ६ धुस्तुङ्गमा सम्पन्न भएको छ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै नि प्रमुख प्रसासकिय अधिकृत मणिप्रसाद खनालले आधुनिक युगमा दुई र चार पाङ्ग्रे सवारि साधन र कम्प्युटर सम्बन्धिको अनुभवी सिप रोजगारिमा अत्ति आवश्यक सिप रहेको साथै वार्ड न ६ को तालिम उपलब्धिपुर्ण रहेको बताउनुभयो। रिब्दिकोट गाउँ पालिकाका पुर्व अध्यक्ष नारायण बहादुर जिसिले नेपालमा सतप्रतिसत रोजगारीको संम्भावना रहेको ,नेपालमै कृषि संगै आर्थिक क्रान्ति हुने साथै युवा केन्द्रित कार्यक्रमको थालनि गर्दै बिदेस होइन स्वदेसमै कर्म गर्ने बाताबरण राज्यले बनाउनुपर्नेमा जोड दिनुभयो। गाउँ पालिका उपाध्यक्ष कान्ताअधिकारिले सिप सिकेर आत्मबल बलियो बनाउदै सिपलाई रोजगारिमा परिणत गर्नुपर्नेमा जोड दिनुभयो।
गाउँ पालिका अध्यक्ष नारायण बहादुर कार्किले युवा तथा महिलाको चाहाना अनुसार नै तालिम कार्यक्रमको आयोजना रहेको साथै सिपलाइ रोजगारमुलक बनाउनेतर्फ लाग्नुपर्नेमा सुझाउनुभयो। गाउँपालिका प्रवक्ता एवं कार्यक्रमका अध्यक्ष प्रकास रायमाझीले महिला चुलोमा मात्र नभै अहिलेको आधुनिकतामा परिमार्जन हुनुपर्ने जोड दिदै अन्न्य ठाउँका युवा युवति जस्तै आफ्नो गाउँका युवा पनि सवारि साधन चलाउन जान्ने हुनुपर्छ भन्ने सोचले कार्यक्रमको थालनि गरेको बताउनुभयो। कार्यक्रममा ५६ जना सहभागिहरुलाइ प्रमाणपत्र बितरण गरिएको हो। ३५ दिने तालिमलाई न्यु रुरु ड्राइभिङ सेन्टर बुटवलले सहजीकरण गरेको मनोज दर्नालले बताउनुभयो।
भरत जिसिको स्वागत मन्तव्य साथै बिस्नु थापाको कार्यक्रम सन्चालन रहेको कार्यक्रममा जनप्रतिनिधि ,कर्मचारी , स्थानीय युवा,महिला लगायतको सहभागिता रहेको थियो।













