रिब्दीकोट पाल्पा ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड रिब्दीकोट ३ खस्यौली पाल्पा को २२ औ साधारण सभा तथा,८ औ अधिबेशन सम्पन्न भयको छ।
सभा मा संस्था का अध्यक्ष बिस्नु प्रसाद आचार्य ले स्थापना कालदेखि हालसम्म साना साना किसान हरु का लागी आर्थिक भौतिक शैक्षिक कृषि पशु लगाएत सामाजिक क्षेत्रमा के कस्ता गतिविधि रहे आगामी दिनमा क्षेत्र बिस्तार गरि संस्था लाई कसरी अगाडी बढाउने भन्ने बारेमा कार्यपत्र प्रस्तुत गर्दे ,१८० समुह बनाई ६०० घर परिवार लाई सेवा दिदै आयको बताउनुभयो। लेखा समिती संयोजक धुर्ब नेपाल ले लेखा प्रतिवेदन प्रस्तुत गर्दे ९ करोड १८ लाख ९,२४० बराबर को कारोबार रहेको बताउनु भयाे। संस्था की ब्यबस्थापक बिनिता गौतम ले ०८०/८१ र ०८१/८२ को प्रस्तावित बजेट सम्बन्धि जानकारी गराउदै १५% शेयर लाभांश वितरण गर्ने र ब्याजदर घटाउने निर्णय गरियको र ४० लाख ,८५ हजार १२८ नाफा रहेको पनि बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथी वडा नं ३ का वडा अध्यक्ष नारायण बहादुर केसी ले कार्यक्रम को उद्घघाटन गर्दै यस पालिका भित्र रहेका साना साना किसान हरु का लागी आर्थिक लगायत हरेक क्षेत्रमा सक्षम बनाउनका लागी संस्था ले गरेका असल अभ्यासहरु उल्लेखनीय रहेको बताउँदै अझ शशक्त भई कृषि उत्पादन संग जोडिएर आर्थिक समृद्धि मा लैजान सक्नु पर्ने मा जोड दिदैँ आबस्यक सहयोग वडा र पालिका बाट रहने र सहयोग गर्दै आएको पनि बताउनुभयो। कार्यक्रममा शुभकामना मन्तव्य दिदै बिस्नु प्रसाद खनाल, राजेन्द्र नेपाल , रन्जना आचार्य, राम प्रसाद न्यौपाने, गोबिन्द आचार्य, चिरञ्जीवी अमात्य लगायत ले बोल्नुभएको कार्यक्रम मा संस्था संचालन तथा ब्यबस्थापन मा सहयोग पुर्याउने ब्यक्ति, संघ संस्था र शेयर सदस्य हरु लाइ दोसल्ला र सम्मान पत्र ले सम्मान गरिएको थियो। यसै अवसरमा ,८ औ अधिबेशन ले पुरानो कार्यसमिति बिघटन गरि बिस्नु प्रसाद आचार्य को अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमिति र धुर्ब नेपाल को अध्यक्षता ,३ सदस्यीय लेखा समिती चयन गरेको छ। सभा देबि मल्ल को स्वागत कृष्ण प्रसाद अधिकारी को सन्चालन मा सम्पन्न भयको थियो।





