पुर्वखोला पाल्पा ।
मातृभूमि स्काउट ट्रुपकाे प्रथम दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ।
पुर्वखाेला गाउपालिका ४ देविनगरकाे मातृभूमि माद्यामिक विद्यालयका स्काउट ट्रुपका विद्यार्थीहरुलाइ प्रथम दिक्षान्त समारोह एक कार्यक्रम परि सम्पन्न भएको हाे। दिक्षान्त कार्यक्रममा स्काउटका विद्यार्थीहरुलाइ स्काउट दर्जा लाेगाे चिन्ह वितरण गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पुर्वखाेला गाउँ शिक्षा समितिका सदस्य भुवन सिंजालिले स्काउटका विद्यार्थीहरुलाइ स्काउटका मुल्य मान्यता सिद्धान्तलाई आत्मसाथ गर्दै निस्वार्थ भावनाका साथ मानव सेवा र सामाजिक परिवर्तनामा लाग्न अनुरोध गर्दै स्काउटलाई आवश्यक सहयोगकाे लागि पहल गरिदिने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाेज बहादुर मश्राङ्गिले स्काउटले विद्यार्थीलाई अनुशासन लगनशील मेहनति कर्तव्यनिष्ठ बनाउने भन्दै स्काउट सुरु भए देखि विद्यार्थीहरुमा पढाइ अनुशासन विभिन्न कार्यक्रममा सहभागीता लगाएमा धेरै प्रगति भएको र स्काउटलाई निरन्तरता दिने बताउनुभयो ।
विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष हुम बहादुर सिंजालिले स्काउटका विद्यार्थीलाई निरन्तर रुपमा स्काउटको कार्यक्रम काेषमा सहभागी हुन अनुरोध गर्दै शुभकामना दिनुभयो ।
मातृभूमि माद्यामिक विद्यालयमा छात्रछात्रा गरि ६४ जना स्काउट प्रशिक्षण लिइरहेकाे छ। स्काउटका विद्यार्थीहरु पिटि नाच प्रस्तुत गरेका थिए
स्काउट दिक्षान्त समारोह कार्यक्रम स्काउट प्रशिक्षक शिक्षक बल बहादुर थापाकाे संचालन विद्यालयका प्र अ पिटम प्रसाद बस्यालकाे अध्यक्षतामा सम्पन्न भएको हाे।













