पाल्पा।
पाल्पाका दश वटै स्थानिय तहमा लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान हिजोदेखि सुरु भएको छ ।
नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म नेपालसहित विश्वभर लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान सञ्चालन हुँदै आएको छ ।
यो वर्ष १६ दिने अभियान “हामी सबैको प्रतिबद्धता लैंगिक हिंसा अन्त्यको लागि एक्यबद्धता” भन्ने राष्ट्रिय नाराका चलाइँदैछ ।सबै तहले प्रतिबद्धता व्यानरमा हस्ताक्षर गरेर अभियानको सुरुवात गरेका हुन। प्रत्येक वर्ष महिला हिंसाविरुद्धको दिवसमा सरकारले विभिन्न प्रतिवद्धता जाहेर गरे पनि महिला हिंसाको अवस्था जस्ताको तेस्तै छन् । दैनिकजसो भइरहने महिला हिंसाका घटनालाई यस्ता अभियानले छुन भने सकेको छैन ।
महिलाले गर्भपतन, बालविवाह, बहुविवाह, घरेलु हिंसा, मानव बेचबिखन तथा ओसारपसार, वैदेशिक रोजगारीका नाममा हुने महिला एवं किशोरीको तस्करीलगायत लैङ्गिकतामा आधारित हिंसा भोग्नु परिरहेको छ ।
हिजो तानसेन नगरपालिकाले यस अभियानको सुरुवात गरेको छ ।
नगर पालिकाका प्रमुख संतोषलाल श्रेष्ठ, उपप्रमुख प्रतीक्षा गाहा सिंजाली, प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला, कार्यपालिका सद्स्य लगायत कर्मचारीहरुको उपस्थितिमा प्रतिबद्धता व्यानरमा हस्ताक्षर गरेर अभियानको शुरुवात भएको तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले जानकारी दिनुभयो । गाहाले हिंसा कसैले गर्न र सहन दुवै कार्य गर्न नहुने भन्दै हिंसा रहितको समाज निर्माण आजको आवश्यकता रहेको बताउनुभयो । सचेतनाको कमीका कारण समाजमा हिंसा हुने हुने गरेको बताउदै हिंसारहित समाज निर्माणका लागि हरेक वर्ष अभियान गर्दै आएको बताउनुभयो।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान रामपुर नगरपालिकामा पनि सोमबार देखि शुरु भएको छ ।
अभियानको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले लैङ्गिक हिंसाको अन्त्यका लागि हरेक व्यक्ति व्यक्तिले गर्ने व्यवहारमा परिवर्तन हुन जरुरी रहेको बताउनुभयो। उहाँले अभियान अन्तरगत आगामी मंसिर २५ गते सम्म विभिन्न कार्यक्रमका साथ अभियान सम्पन्न गर्ने बताउनुभयो । महिला तथा बालबालिका विरुद्धको हिंसा कहिल्यै गर्दैनौ ,हिंसामा उपेक्षा कहिल्यै गर्दैनौ, हिंसामा कहिल्यै चुप लागेर बस्दैनौ,सबै किसिमको हिंसा न्यूनिकरण गर्न हामी प्रतिबद्ध छौँ, रामपुर नगरपालिका हिंसा रहित नमुना पालिका घोषणा गर्ने अभियानमा लाग्ने प्रतिबद्धता जनाउँदछौ भन्ने प्रतिबद्धता पत्रमा सामुहिक रुपमा हस्ताक्षर गरेर अभियान सुरु गरेको बताउनुभयो ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान को सुरुवात रिब्दिकोट,बगनासकाली,रम्भा,निस्दि,पुर्वखोला गाउपालिकामा पनि भएको छ । हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता भन्ने अन्तारष्ट्रिय नाराका साथ हिजोदेखि अभियान शुरु गरेको पालिकाहरुले जनाएको छन ।
१६ दिने अभियान अन्तर्गत पालिकाहरुले न्यायीक समितिसंग प्रहरी साझेदारी, महिला कानुनी अधिकार सम्बन्धी सचेतना,हिंसा पिडितलाई राहात कार्यक्रम लगाएतका विविध कार्यक्रम गर्ने जनाएका छन ।













