पाल्पा।
तानसेन नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न हुने संझौता भैसकेका योजनाहरुलाई अझ प्रभावकारी बनाउन वडातहमै पुगेर अभिमुखिकरण कार्यक्रम गरेको छ ।
तानसेन नगरपालिकाका १४ वटै वडामा पुगेर अभिमुखिकरण कार्यक्रम गरेको हो । आइतबार तानसेन ५ का उपभोक्ता समितीका पदाधिकारीलाई तालिम दिएसङै सबै वडामा योजना संचालन सम्बन्धि अभिमुखिकरण सकिएको छ।तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले योजनाहरुलाई अझ सजिलो रुपले सम्पन्न गर्नको लागि स्थानीय स्तरमै अभिमुखिकरण गरिएको बताउनु भयो । उहाँले योजनाको लागि सानो सानो काममा पनि नगरपालिका जानु पर्ने अवस्थाको अत्य गर्दै पाचँ लाख सम्मको योजनाहरुलाई वडाबाट नै सम्झौता गर्ने कार्यलाई अगाडि वढाईएको बताउनुभयो ।
योजना सम्पन्न गर्न अपनाईने प्रकृया, संचालनका क्रममा आउने विभिन्न जटिलता र चुनौतीलाई सजिलै समाधान गर्न तालीमको आयोजना गरिएको तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताउनुभयो ।
अभिमुखिकरणमा योजना शाखा प्रमुख दुर्गाबहादुर थापाले स सानो कुरा नबुझ्दा उपभोक्ता समितिका पदाधिकारीले योजना सम्पन्न गर्न बिगतका दिनमा धेरै कठिनाइ भोगेको स्मरण गर्दै त्यस्ता समस्यालाई समाधान गर्न र समयमै बुझाउनका लागि अभिमुखिकरण कार्यक्रम हरेक वडामा संचालन गरेको बताउनुभयो ।
आर्थिक प्रशासन शाखा प्रमुख कोशलराज घिमिरे,योजना तथा पूर्वाधार शाखा प्रमुख इन्जिनियर रामप्रसाद श्रेष्ठले आफना विषयगत क्षेत्रकाे बारेमा सहजिकरण गर्नुभएको थियो। उहाहरुले कुनैपनि योजना बनाउदा त्यसका प्रकृया र चरण स्पष्ट रुपमा बुझ्न सके सकारात्मक नतिजा ल्याउन सहयोग पुग्ने बताउनुभयो ।
योजना संचालन सुरु गर्नु पहिले नै उपभोक्ता समितिका पदाधिकारीलाई योजना बनाउने प्रकृया तथा तरिका वारे जानकारी दिन तालिमले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।













