सुमित्रा कंडेल,पाल्पा।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ अमलाबासका सरोज पोखरेलले सुन्तला खेती गर्न थालेको ३० वर्ष भयो।
उहाँको बुबाले सुरु गरेको पुख्र्यौली पेशालाइ निरन्तरता दिनुभएका पोखरेलको अहिले १० रोपनी बारीमा सुन्तला बगैँचा छ । कुल पाँच सय बढी सुन्तलाका बिरुवाले अहिले राम्रो उत्पादन दिइरहेका छन् । गतवर्ष उहाँले सुन्तलाबाट ७ लाख आम्दानी गर्नुभएको थियो । यो वर्ष १० लाखको सुन्तला बिक्रि गर्ने अनुमान उहाँको छ।
रैनादेवी छहरा गाउँपालिका ४ मा ३२ जनाको समुह मिलेर नै निरन्तर सुन्तला खेतिलाई जोड दिएको पोखरेलले बताउनुभयो। गतवर्ष उहाँले साना–ठूला गरी सबै दाना बगैंचाबाट नै प्रतिकेजी ९० रुपैयामा बिक्री गर्नुभएको थियो । यस वर्ष सुन्तलाको उत्पादन राम्रो भएकोले गत वर्षभन्दा बढी आम्दानी हुने उहाँको भनाइ छ । यस वर्षको सुन्तला मंसिरको अन्तिम हप्ताबाट माघको पहिलो हप्ता सम्म टिपेर बिक्री गर्ने तयारीमा हुनुहुन्छ ।
रैनादेबि छहरा गाउँ पालिकाको ८ वटा वडामा सुन्तला जोन कार्यक्रम सन्चालन गरीएको छ। किसानका लागि वडा कार्यालय र जोन बाट प्रतेक बर्ष विभिन्न सहयोग दिने गरेको किसानको भनाइ छ।
त्यस्तै रिब्दिकोट गाउपालिका वडा न ७ पालुङ मैनादिका जनक आचार्यले पनि सुन्तला खेति गर्न थालेको १० वर्ष भयो। आचार्य पेशाले शिक्षक भएपनि कृषि क्षेत्रमा राम्रो पहिचान बनाउन सफल हुनुभएको छ। उहाले अकबरे खुर्सानी सगै सुन्तला खेतिबाट राम्रो आम्दानी गरिराख्नुभएको छ।कृषिबाट परिवर्तन सगै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण आचार्य बन्नुभएको छ। २५ रोपनि क्षेत्रफलमा सुन्तला खेति गर्नुभएका उहाले गतवर्ष १२ लाख ५० हजारको १८० क्वीन्टल बिक्रि गर्नुभएको थियो ।यो वर्ष सुन्तला फुल्ने समयमा परेको असिनापानिले नोक्सान हुदा गतवर्षको तुलनामा उत्पादन घटेको बताउनुभयो। अहिले २५ क्वीन्ँटल ७५ रुपैयाको दरले बिक्रि गरेको बताउनुभयो।
त्यस्तै रैनादेवि छहरा गाउपालिकाबाट गतवर्ष ११ करोड बढीको सुन्तला बिक्रि गरेको र यो वर्ष करिब १५ करोडको सुन्तला बिक्रि हुने अनुमान पोखरेलको छ। रिब्दिकोट गाउपालिकाबाट पनि गतवर्ष १ करोड ५० लाख बराबरको सुन्तला बिक्रि गरेको पालिकाले जनाएको छ।कृषि क्षेत्रमा लागेका किसानलाई स्थानिय सरकारको साथ पाएपछि राम्रो आम्दानी गर्न सफल भएको किसानको भनाइ छ।













