पाल्पा ।
रिब्दिकोट गाउँपालिका वार्ड न ६ को आयोजना साथै रिब्दिकोट गाउँपालिका प्रवक्ता एवं वार्ड अध्यक्ष प्रकाश रायमाझिको अध्यक्षतामा वार्ड न ६ बस्ने ६३ बर्षका गिर बहादुर पाँडे मगरको परिवारलाइ ८२ हजार ९ सय २० रुपैयाँ आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ।
गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले आफ्नो पालिकामा आउने मासिक तलबबाट रु २०,००० रुपैया र वार्ड न ६ वार्ड कार्यालय बाट रु २५००० रुपैया गाउँपालिका प्रबक्ता एवं वार्ड अध्यक्ष प्रकाश रायमाझी ,वार्ड सदस्य भरत बहादुर जिसि ,रुद्र बगाले साथै ठिमुरे कल्याण कृषि सहकारि सस्था पोरकनिबाट सस्थाका अध्यक्ष इद्र जङ रायमाझीबाट रु १०,००० रुपैया , नारायण माबिका प्रतिनिधि प्र अ ढाल बहादुर उचैबाट रु १०,२०० रुपैया ,भास्कर माबि प्रतिनिधि युवराज खड्काबाट रु ८००० रुपैयाँ , द्रौपति चलचित्रका निर्माता प्रकास ज्ञवालि ,बुबा बिस्णु प्रसाद ज्ञवालिबाट रु ८२०० रुपैयाँ किरण रायमाझीबाट रु १६२० रुपैयाँ गरि रु ८२ हजार ९ सय बिस रुपैयाँ घरमै पुगि परिवारजनलाई हस्तान्तरण गरिएको हो।
बिगत ६ महिनामा आमा,बुबा,श्रीमती र छोरा गुमाएका ६३ बर्षका गिर बहादुरको परिवारमा अहिले बुहारि ,छोरि नाति र नातिनि गरि ५ जना रहदै आएका छ्न ।छोरि मुना काठमाडौमा रहदै आएकि छ्न। स्वर्गीय छोरा ऋषि पाँडे मगर राहतमा शिक्षक पेसामा रिब्दिकोट ६ तालमा कार्यरत थिऎ बुढेसकालको साहारा र घरको खर्च धान्ने छोरा र श्रीमतीको निधन संगै पाँडेको परिवारमा खुसियाली खोसिएको छ। शिक्षक ऋषिको निधन पछि नातिनिको पठनपाठनमा समस्या थपिएको र आर्थिक अवस्था दयनिय रहेकोले आर्थिक सहयोग गरिएको प्रवक्ता प्रकाश रायमाझीले जानकारि दिनुभयो साथै छोरिको पढाई लेखाइमा स्थानिय तहले सहयोग गर्ने समेत बताउनुभयो।













