सुमित्रा कंडेल, पाल्पा ।
"तानसेनका रैथाने" विषयक वृहत अन्तकृया कार्यक्रम तानसेनमा सम्पन्न भएको छ । कार्यक्रममा तानसेका रैथाने विषयमा राजेन्द्र विक, अर्चना शाक्य र रामचन्द्र मान सिङले कार्य पत्र प्रस्तूत गरेका थिए । तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहाले उपस्थित सबैलाई स्वागत गर्दै आधुनिक जिवन शैलिले पारेको प्रभावले मौलिक संस्कृति संरक्षणमा चुनौति आएको महुसुस तानसेनले गरेको बताउदै तानसेनको रैथाने जातजाति, उनिहरुको क्रमिक विकास, अहिलेको अवस्था, संरक्षण सर्वधन, विकास, अध्यन अनुसन्धान मुलक खोज गर्नु पर्ने आवश्यकता महसुस भएकोले यो कार्यक्रमको आयोजना गरिएको बताउ्नु भयो ।
विविधता बिच एकता कायम गर्न, स्थानिय संरकार संचालन ऐन २०७८ मा भाषा, संस्कृतिको संरक्षण सम्बन्धि निति, कानुन मापदण्ड,योजना, कार्यान्वयन, अनुगमन साथै नियमन जस्ता कार्यहरु गर्न पाउने व्यवस्था भए अनुसार कार्यक्रम तय गरि पहिलो चरणको कार्यक्रम आयोजना गरेको बताउनु भयो । प्रस्तुत कार्यपत्र माथि टिप्पण्ीकारहरु पुस्कर अथक रेग्मि, निर्मल श्रेष्ठ, केयरसिङ राना, विजय सागर श्रेष्ठ , वनमालि निराकार लगायतले पाल्पाको इतिहास र सेनवंशि इतिहासमा प्रस्तुत ३ कार्यपत्रमा एकरुपता नभएको, नेवार जातिलाई रैथाने, आदिवासि वा जनजाति मान्नु हुन्छ ? के भनेर प्रमाणित गर्न चाहानु हुन्छ ? भनि कार्यपत्र प्रस्तोतालाई टिप्पण्ीकार रेग्मिले प्रश्न गर्नु भएको थियो। कार्यपत्रको उपयुक्त शिर्षक राख्नु पर्ने लगायतका टिप्पणी गरेका थिए । कार्यपत्र प्रस्तोताको प्रस्तुति, टिप्पणीकारको कार्यपत्र माथिको टिप्पणी पछि खुल्ला फोरममा टंक भट्राई, अनिल किशोर घिमिरे, विशाल दलार्मि,देव पचभैया लगायतले आआफ्ना जिज्ञासा राख्नु भएको थियो ।
उठेका प्रश्न माथिको जिज्ञासा मेटाउदै सत्य तथ्य खोज अनुसन्धान गरेर तानसेनका रैथाने विषयलाई छलङग पार्ने बताउदै कार्यक्रमका अध्यक्ष तथा तानसेन नगपालिका का प्रमुख सन्तोषलाल श्रेष्ठले कार्यक्रमको समापन गर्नु भएको थियो । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्था, माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु, क्याम्पस प्रमुखहरु, पत्रकार, स्थानिय बासिन्दा र नगरपालिकाका कर्मचारिहरु गरि करिब १५० जनाको सहभागिता रहेको कार्यक्रमको संचालन नगरपालिकाका प्रवक्ता यादव सिङ कार्किले गर्नु भएको थियो ।












