काठमाडौँ । भोलि बिजया दशमी घट्स्थापनादेखि पुजा आराधना गरि देवि बिसर्जन गर्ने साइत बिहान ८ बजेर ३३ मिनेटमा रहेको साथै टिकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा रहेको पन्चाङ्ग निर्णायक बिकास समितिले जनाएको छ।
दसमिको को दिन देवि दुर्गा भवानिले राक्षसको बध गरेपछि बिजयउत्सवको रुपमा मनाइने दशैमा रातो टिका ,जमरा लगाउने परम्परा रहदै आएको छ। यद्यपि केहि जनजाती समुदायमा भने शान्तिको प्रतीक मानेर सेतो रङको टिका लगाउने चलन समेत रहदै आएको छ।
आफुभन्दा ठुला मान्यजनको हातबाट टिका जमरा लगाएर मान्यजनबाट आशिर्वाद थाप्ने गरिन्छ। टिका लगाउदा टिका थाप्ने ब्यक्ति पुर्व र टिका लगाइदिने पश्चिम तर्फ फर्कनुपर्ने धार्मिक मान्यता रहेको छ।
विजया दशमीको दिन टीकाको साइत गरेसंगै देविको प्रसादको रुपमा कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाउने प्रचलन रहेको छ ।
तर केही स्थानमा भने विजया दशमीको दिनमा मात्र टीका र जमरा लगाउने गरिन्छ । यस बर्ष असोज १७ गते घटस्थापनाको दिन बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत गरेर सुरु भएसंगै कार्तिक एक गते पूर्णिमाको दिन दशै सम्पन्न हुनेछ ।













