पाल्पा।
दर्शन ढुङ्गालाई मायाले खियाउदै बग्ने कलकल मुलको पानी लोप हुन लागेको माटाको घैटोमा छ्छल्काउदै पानीका थोपाहरुले कम्मरलाई भिजाउदै पानी बोक्ने युवति अरु कोहि नभएर द्रौपति हुन।जस्ले प्रकाशका सपना साकार गराउदै छ। दसैंको अवसर पारेर घटस्थापनाको दिन चलचित्र निर्माता एवं निर्देशक ऋषिराज आचार्य ,निर्माता प्रकाश ज्ञवालि,सह निर्माता बिस्णु ठडराइ सुवासको चलचित्र द्रौपतिको पोस्टर सार्बजनिक गरिएको हो।
पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका वार्ड न ६ पौरखनिका प्रकाश ज्ञवालि पेशाले मेडिकल ब्यवसायि हुन।आमा बुबा दुबै जना शिक्षक ,शिक्षाको ज्योति दिने अभिभावक र प्रकाशको चलचित्रप्रतिको सानैदेखिको रुचि र सपनालाई साकार बनायो ऋषिराज आचार्यको भेट र कथा लेखनले।
राम्रो कथा पाए चलचित्र बनाउछु भन्ने सोच बोकेका प्रकासले जव द्रौपतिको कथा लेखन पढे तबमात्र कथा र चलचित्र हिमालि भेगका पर्यटकीय स्थल र मनोरम दृश्यमा छायांकन हुने कुराले प्रकाशलाई प्रभावित बनायो।
चलचित्र द्रौपति अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरि निर्माण भैरहेको छ। म आफै पनि अभिनय गरेको छु,चलचित्र अर्गानिक छ आजका पुस्तालाई लोभ्याउने दृश्य छ्न स्वदेशी तथा बिदेशमा रहेका आम नेपालि लगायत अन्य दर्सकले पनि मन पराउनेमा आफु बिस्वस्त रहेको ज्ञवालि बताउछ्न। चलचित्र द्रौपतिमा ऋषिराज आचार्य,आश्विनी शाहि,रबि ओड,कबिराज भाम,जेल्सन अधिकारी ,सुजाता तिमल्सिना ,बिस्णु ठडराइ,प्रकाश ज्ञवालि, सिता बौडेल,सुरज अधिकारी ,लगायतको अभिनय रहेको छ। चलचित्रको प्रदर्सन मिति चाडै नै घोषणा गर्नेछौ,द्रौपतिको प्रदर्सनपछि अर्को चलचित्रको घोषणा गर्नेछौ । ज्ञवालिले राष्ट्रिय न्युज डटकमलाई जानकारी दिए।













