२३ साउन
काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ । दुर्घटना हुदा हेलिकप्टरमा सवार चालक सहित ४ जनाको मृत्यु भएको हो। बुधबार दिउँसो १:५४ मिनेटमा काठमाडौँबाट उडेको जहाज नुवाकोटको सूर्यचौरमा दुर्घटना भएको थियो ।
उक्त जहाज काठमाडौंबाट उडेको तीन मिनेट पछि सम्पर्क विहीन भएको हो।
अहिले सुरक्षाकर्मीको ठूलो टोली सो स्थानमा पुगेर उद्धारको काम भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । उनका अनुसार हेलिकप्टर दुर्घटनास्थलमा आगलागी भइरहेको छ ।













