रूपा थापा
२२ साउन,तानसेन
मानवीय सेवामा तल्लीन लियो क्लब अफ पाल्पाले धार्मिक कार्यक्रम गरेको छ । बग्नासकाली वडा नम्बर ५ स्थित दर्लम कालिका मन्दिरमा लियो क्लब अफ पाल्पाले सांस्कृतिक जगेर्ना गर्नका लागि पूजा गरेको हो ।
क्लबले देशमा दु:खद घटनाहरु पुनरावृत्ति नहोस् भनेर भगवानसित प्रार्थना गरेको हो। पछिल्लो समय देशमा विभिन्न दुर्घटना भइरहेकाले त्यस्ता घटना नहोउन भन्नका लागि बिहान ६ बजेदेखि ९ बजेसम्म शिवलिङ्गमा पूजा गरिएको हो । धार्मिक कार्यक्रमले भातृत्व र सकारात्मक सोचको बिकास गर्ने कार्यक्रमका संयोजक लियो सुजित कुमार थापाले बिश्वास व्यक्त गर्नु भयो । सुजित कुमार थापा बर्तुङ देखि दर्लम कालिका मन्दिरसम्म २/३० घण्टाको बाटो पैदालु यात्रा गरेर पुग्नुभएको थियो
उपस्थित संस्थापक अध्यक्ष लियो श्रीधर कुँवर पूर्व अध्यक्ष लियो अशोक पोखरेल कोषाध्यक्ष लियो मेघराज बस्याल(पवन) सदस्य लियो आशिष पाठक सोही मन्दिरका पुजेरी रमेश गैरीले पूजामा साथ दिएका थिए।
कोषाध्यक्ष लियो मेघराज बस्याल (पवन) ले जानकारी दिएका थिए













