२२ साउन
मुसिकोट नगरपालिका वार्ड नं.१ बिसौनामा पहिरोले २ वटा घर पुरिँदा ४ जनाको घटनास्थलमा मृत्यु हुनुका साथै घटनामा दुई जना घाईते भएका छन् ।
पहिरोमा परी मृत्यु हुनेमा मुसिकोट नगरपालिका वडा नं.१ बिसौनाका ४६ वर्षीय गोरे वि.क,६७ वर्षीय हुकम वि.क,६६ वर्षीय मसुरी वि.क र साढे २ वर्षीय रियन्सी वि.क रहेका छन् ।
पहिरोमा परी घाईते भएका सोही स्थानका ३१ वर्षीय बिष्णु वि.क र उनकी श्रीमती २३ वर्षीय मुना वि.क लाई उद्धार गरी उपचारका लागि अस्पताल लागिएको प्रहरीले जनाएको छ ।













