२२ साउन,पाल्पा
देशका केही ठाउँमा अति भारी र धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।
आज दिउँसो कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बागमती,गण्डकी,लुम्बिनी प्रदेशका एक,दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ । साथै सबै प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार प्राय सबै प्रदेशका थोरै ठाउँमा भारी वर्षा हुनेछ भने धेरै ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
रातिको समयमा झन् धेरै वर्षा हुने अनुमान महाशाखाकको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक दुई स्थानमा अति भारी वर्षा हुनेछ । सबै प्रदेशका केही ठाउँमा धेरै भारी वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार केही दिन अत्यधिक वर्षा निरन्तर हुनेछ । केही ठाउँमा धेरै भारीदेखि अति भारी वर्षा हुने भएकोले ती क्षेत्रमा बाढीपहिरोको जोखम हुने भएकोले सतर्क सरहन महाशाखाले अपिल गरेको छ ।
महाशाखाले विषेध बुलेटिन जारी गर्दै मनसुन न्यून चापीय रेखा नेपालको नजिक आएकोले बुधबार सम्म मनसुन सक्रिय हुने जनाएको छ । यो समय अति जोखिम हुने भएकोले पूर्व तयारीमा रहन भनिएको छ ।













