पाल्पा । पाल्पाका नारायण तिमिल्सेनाले राष्ट्रिय स्तरको भारत्तोलन प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल भएका छन्। राष्ट्रिय खेलकुद परिषद् द्वारा आयोजित पारा तथा विशेष खेलकुद प्रतियोगिता अन्तर्गत दुई दिन चलेको भारत्तोलन प्रतियोगिता असार १८ गते सम्पन्न भएको हो । उक्त प्रतियोगितामा विशेष क्षमता भएका करिव ५० जना व्यक्तिहरुको सहभागीता रहेको थियो । न्युनतम ५९ देखि अधिकतम ९० केजी समूह बीच भएको उक्त प्रतियोगितामा पाल्पा बगनासकाली गाउँपालिका–८ बराङ्दीका नारायण तिमिल्सेनाले ७२ के.जी समूह अन्तर्गत ८० किलो भारोत्तोलन गरी नेपालमै दोस्रो हुन सफल भएका हुन् ।
एक महिनाको अभ्यास मात्रैले आफ्नो उमेर समूह मध्ये नेपाल द्वितीय हुन सफल भएको तिमिल्सेना वताउछन् । सम्पुर्ण फरक क्षमता भएका साथीहरुलार्इ मेहेनत र विश्वासका साथ अगी वढ्ने हो भने कुनै पनि काममा सफलता हासिल गर्न सकिन्छ भन्ने उदारणीय बनेका उनी सवै साथीहरुलाई सुझाव र हौसला पनि दिन चाहन्छन् । तिमिल्सेनाले ९ वर्ष अघि हातमा सबैभन्दा धेरै २४ वटा टेनिस बल राखेर विश्व कृर्तिमान कायम राख्न सफल भएका थिए ।













