पाल्पा असार ३, पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भुवनपोखरीस्थित डाँडागाउँका ५६ वर्षीय बिमल प्रसाद पन्त रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । गएराति करिब ८ बजेतिर परेको चट्याङले उनलाई लागेको हो। घरमै बसिरहेका बेला चट्याङले लागेको थियो।
गम्भीर घाइते पन्तलाई उपचारको लागि जिल्लाको सदरमुकाम तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेज प्रभासमा लैजाँदा राति सवा १० बजे तिर चिकित्सकले मृत घोषणा गरेका श्रेष्ठले बताउनुभयो । पाल्पा अस्पतालमा शव पोष्टमार्टम गरेर आफन्तलाई बुझाइएको प्रहरीको भनाई छ। पन्त स्थानीय जनपृय आधारभुत बिधालय डाडागाउँका प्रअ रहेको स्थानीय थान प्रसाद श्रेष्ठले जानकारी दिनु भएको छ ।













