पाल्पा–जिल्ला सदरमुकाम तानसेन(रानीमहल सडकखण्ड आजदेखि ४८ दिन बन्द हुने भएको छ ।
सडक डिभिजन कार्यालयले एक सूचना जारी गर्दै सडक आजदेखि (माघ १७) आगामी चैत ५ गतेसम्म बन्द हुने भएको जनाएको हो । सडक मर्मत गर्नुपर्ने भएकोले ४८ दिन पूणर्रूपमा बन्द रहने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख बाबुराम सापकोटाले बताउनुभयो ।
सवारी आवागमन पूणर् रूपमा बन्द हुनेछ। उक्त सडकखण्डको अवलदेखि रानीमहलसम्म सडक ढलाई तथा मर्मत गर्ने काम हुनेछ । सडक चौबीसै घन्टा पूणर्रूपमा बन्द गरेर काम गरिने उहाँले बताउनुभयो। यो सडक हुँदै यात्रा गर्ने यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ ।
तानसेन नगरपालिका १ अर्गलीबाट छेर्लुङ हुँदै रानीमहल पुग्ने वैकल्पिक सडक प्रयोग गर्न सापकोटाले आग्रह गर्नुभयो ।












