नेकपा एमाले पाल्पाले पाटीबाट उम्मेदरवार बनी जन निर्वाचित जनप्रतिनिधीहरु संग अन्तरक्रिया कार्यक्रम गरेको छ । एमाले जिल्ला कमिटी पाल्पाले स्थानीयतह, प्रदेश तथा प्रतिनिधीसभामा निर्वाचित जनप्रतिनिधीहरु संग एक दिने अन्तरक्रिया कार्यक्रम गरेको हो ।
नेकपा एमालेका पोलिटिव्युरो सदस्य एवं प्रतिनिधिसभा सदस्य ठाकुर प्रसाद गैरेले निर्वाचित जनप्रतिनिधीहरु लाई बर्तमान संविधान, ऐन नियम तथा कानुनलाई सर्वाेपरी मानी, पाटीको केन्द्रिय घोषणापत्र र पाटी तथा उम्मेदवारले जनतामाझ सार्वजनिक गरेको प्रतिवद्धतापत्र अनुसार काम गरेर एमाले पाटीको नाम उचो राख्न सम्पुर्ण जनप्रतिनिधीहरु लाई अनुरोध गरे । जनताको भावना, विचार, आवश्यकता अनुसार एमाले बाट निर्वाचित जनप्रतिनिधीहरुले काम गरेर जनतामैत्री बन्न पोलिटिव्युरो सदस्य गैरेले जोड दिए । संघियता सफल बनाउने वा असफल बनाउने जिम्मेवारी स्थानीय सरकारमा भएकोले एमाले बाट निर्वाचित जनप्रनिधीहरुले आआफ्नो पदिय दायित्व तथा जिम्मेवारी अनुसार जनतामा परिवर्तन महशुस गर्ने गरी काम गर्न, तथा पाटी संग समन्वय जनमुखी काम गर्ने पोलिटिव्युरो सदस्य गैरेले आग्रह गरे ।
कार्यक्रममा एमाले लुम्विनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कडेंलले अहिले पाटी भित्र जुनसुकै पद लिन मरिहत्ते गर्ने तर काम गर्ने समयमा भ्याउदिन भन्ने,व्यस्त छु भन्ने,बैठकहरुमा उपस्थित नहुने, पाटीको निति, नियम सिद्धान्त विपरित काम,आचारण तथा व्यबहार गर्ने, पाटीको अनुसासनमा नबस्ने विकृती पाटीभित्र बढेको बताए । पछिल्लो समय पाटीबाट टिकट पाई जनप्रतिनिधी बनाएका व्यक्तिहरुले आफु भन्दा ठुलो व्यक्ति कोहि छैन भन्ने व्यहार बढेकोले आगामी दिनमाकामको आधारमा जिम्मेवारी दिईने परिपाटी लुम्विनी प्रदेशका सबै जिल्लामा शुरु भएको प्रदेश कमिटी अध्यक्ष कडेंलले बताए ।
कार्यक्रममा प्रतिनिधीसभा सदस्य नारायण प्रसाद आचार्यले सबै तह र तप्काका जनप्रतिनिधीहरुले आ आफ्नो क्षेत्रबाट जनताको मन जित्ने गरी काम गरौ, जनताको घर घरमा जनप्रतिनिधीहरु पुगौ, यती काम गरे एमाले पाटी सधै भरी अग्रस्थानमा रही रहने बताए । पाटीले टिकट दिएर नै आज जनप्रतिनिधी भएका हौ, जनताको सेवक भएका हौ, जनता बाट अनुमोदित भएका हौ, त्यसैले पाटीको निति नियम सिद्धान्तमा विचलन आउने गरी कुनै पनि जनप्रतिनिधीहरुले काम गर्न नहुने प्रतिनिधीसभा सदस्य आचार्यले बताए ।
कार्यक्रममा प्रदेश सांसद खेम बहादुर, राजु प्रसाद श्रेष्ठ र इन्दा गहतराजले लुम्विनी प्रदेश सरकार बाट माग भएका प्रतिपक्ष सासंदका योजना भन्दा मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले आफुखुसी अरवौ बजेट राखेर दुरुपयोग गरेका बताएका छन । एमाले सरकार बाट शुरु गरिएका बहुबर्षिय योजनाहरु समेत कटौती गरी विकास विरोधी काम गर्दा पाटीले सक्रिय भुमिका प्रवाह नगरेकोले प्रदेश सांसदहरु निरह बन्नु परेको तिनै जना प्रदेश सांसदले जोड दिए । कार्यक्रmममा नेकपा एमालेकी उप सचिव सुनिता शर्माले प्रतिनिधीसभा, प्रदेशसभा संग नबाझिने गरी ऐन नियम बनाएर जनताको भावना अनुसार काम गर्न अधिकार स्थानीय सरकारलाई दिएकोले अधिकाश समस्याहरु पालिका बाट सम्वोधन गर्न सकिनेमा जोड दिईन ।
कार्यक्रमम, जिल्ला समन्वय समितीका प्रमुख टंकनाथ खनाल, सम्पुर्ण वडा अध्यक्षहरुको तर्फबाट तानसेन नगरपालिका वडा नंं ९का वडा अध्यक्ष राजेश कुमार अर्याल, उपाध्यक्षहरुको तर्फबाट बगनासकालीका उपाध्यक्ष हरि प्रसाद पाठक, पालिकाका प्रमुखहरुको तर्फ रम्भा गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारीले पदिय जिम्मेवारी अनुसारको प्रतिवेदन पेश गर्दै पालिका पिच्छे समस्याहरु फरक फरक रहेकोले पाटीको समन्वय र सम्पर्कमा रहेर काम गर्दै आएको बताए । अन्य पालिकाको तुलनामा एमालेको नेतृत्वमा संचालन भएका पालिकाहरु जनताको जिवनस्तरमा परिवर्तन ल्याउने गरी काम भएको भएपनि प्रचार प्रसारमा कमी भएको बताए ।
बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदी, माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदी, वडा अध्यक्षहरु नविन्द्र थापा सोती, विष्णु रेग्मी, दानबहादुर कुवँर, सोमनाथ अर्याल, पर्यटन व्यबसायी धनिश्वर बस्याल, पुर्वखोला गाउँ कमिटी अध्यक्ष जिवन आचार्य लगायतले स्थानीयतहमा काम गर्दा आईपरेका समस्याहरुको बारेमा पाटीका नेतृत्वकर्ता तथा प्रदेश था संघिय सांसदहरु लाई जानकारी राखेका थिए । कार्यक्रममा ४१ वडाका वडा अध्यक्ष, ६ वटा पालिका प्रमुख, ५ वटा पालिका उपप्रमुख, ३ जना प्रदेशसभा सदस्य, २ जना प्रतिनिधीसभा सदस्य, १० वटै पालिका कमिटीका अध्यक्ष, जिल्ला कमिटीका सचिवालय सदस्यहरुको सहभागिता रहेको थियो ।
जिल्ला पाटी अध्यक्ष धनेन्द्रराज घिमिरेले स्थानीय सरकारलाई प्रभावकारी रुपमा संचालन गर्नको लागी एमाले बाट उम्मेदवार भई निर्वाचित जनप्रनिधीहरुलाई शुसासन कायम हुने गरी काम गर्न अनुरोध गरेका छन । जनताको काम लाई पहिलो प्राथमिकता दिएर, शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन, गरिवी निवारण, उत्पादनमुखी कार्यक्रम, आयआर्जनमुखी कार्यक्रमहरु समेटेर, पाटीका घोषणपत्र लाई आत्मसात गरी काम गर्न अनुरोध गरेका छन । जनप्रतिनिधीहरुले आ आफ्नो पदिय दायित्व अनुसार गरेका कार्यप्रगती विवरण पेश गर्न समेत अध्यक्ष घिमिरेले निर्देशन दिएका छन । कार्यक्रम पाटी उपाध्यक्ष देविलाल लामिछानेको स्वागत सचिव रामजी पोखरेलको संचालनमा भएको थियो ।













