पाल्पा–राष्ट्रिय संगितकर्मी संघ जिल्ला कार्य समिति पाल्पाको चौथो साधारण सभा तथा दोश्रो अधिवेशन तानसेनमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय सङ्गीत कर्मी संघका केन्द्रीय सदस्य कृष्ण रानाभाटले सम्पूर्ण कलाकारहरुको हक हित र अधिकारका लागि सम्पूर्ण गायक गायिका संकलक प्राविधिक सञ्चारकर्मी मोडेल तथा निर्देशक लगायत सम्पूर्ण सङ्गीत कर्ममा लागेका संगीतकर्मीहरु एकजुट हुनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
साथै उक्त कार्यक्रममा विशिष्ट अथिति राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा कलाकार सुमन गैरे र अथितिको रूपमा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानका केन्द्रिय सदस्य जय प्रकाश उप्रेतीको सहभागिता रहेको थियो । राष्ट्रिय संगितकर्मि संघको दोश्रो अधिवेशनबाट लोकप्रिय मोडेल तथा निर्देशक सुमन थापाको अध्यक्ष्यतामा १७ सदस्यीय कार्य समिति चयन भएको छ ।
राष्ट्रिय संगितकर्मि संघ जिल्ला कार्य समितिको वरिष्ठ उपाध्यक्षमा खेमराज पाण्डे, पुष्पा सारु,प्रथम उपाध्यक्ष रजक श्रेष्ठ,द्धीतिय उपाध्यक्ष निविना घर्ति मगर, सचिव कमल गाहा,सह–सचिव एलिना रखाल,कोषाध्यक्ष नारायण बस्याल,सह–कोषाध्यक्ष पोलिसा थापा,सदस्य कविता दलार्मी,सदस्य वुद्धी माया बारघरे,कमला सिंजाली,रोय वि.सी,सकुन्तला राना,श्रवण सुनार,सुमन न्यौपाने,निशान्त श्रीस,शमिर्ला घर्ती मगर र मनिषा पुन मगर चयन भएको छ ।













