पाल्पा – जिल्लाकाे तानसेन नगरपालिका–२ बडिज्ञानटोलबाट प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको छ । शनिबार बेलुकी ५ बजेतिर बडिज्ञानटाेल स्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा सात जना जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ ।
पक्राउ पर्ने जुवाडेको साथबाट ३२५ पत्ती तास र ९२ हजार ४२५ रुपियाँ नगद समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेकामाथि मुद्धा चलाउने तयारी गरिएकाे छ ।













