पाल्पा- पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको वालिङ नगरपालिका – ५ का ४१ वर्षीय मोहनीलाल थापा रहेको प्रहरीले जनाएको छ ।
शनीबार दिउँसो सिद्धार्थ राजमार्गको पाल्पा सडक खण्ड अन्तरगत माथागढी गाउँपालिका वडा नं. –१ बिरौटास्थित स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको लु १४ प ८८७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार थापा घाइते भएका थिए ।
घटना पश्चात प्रहरी चौकी आर्यभञ्ज्याङबाट खटेको प्रहरी टोलीले उद्दार गरी उपचारका लागि पाल्पा अस्पताल पठाएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए। घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।













