पाल्पा–जिल्लाका किसानहरुलाई धान भित्र्याउने चटारो छ । दसैंका कारण धान भित्र्याउन नसकेका किसान दसैं सकिए लगत्तै धमाधम धान काटन थालेका छन् ।
जिल्लाको माडी, रामपुर, कचल, पूर्वखोला, झडेवा, निस्दी, कालीगण्डकी बेंसी, अर्गलीलगायत फाँटमा धान पाकेर पहेँलपुर भइसकेको छ ।













