नेपाल चीनमा जारी १९ औं एसियाली खेलकुद ९एसियाड०को क्वाटरफाइलमा भारतसँग परेको छ । लक्की ड्र बाट नेपाल भारतसँग परेको हो ।
कप्तान रोहित पौडेलले भारतको चिट्ठा निकालेका थिए । नेपालले समूह चरणमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । नेपाल र भारतबीचको खेल मंगलबार हुनेछ ।













