रुपन्देहीका उद्योगीले अनावश्यक मुद्धा मामिला झेलिरहनु परिरहेको छ । त्यसैमाथि नेपाल बिद्युत प्राधिकरणले ट्रंकलाइन विलिङको नाममा करोडौं रकम बक्यौदा देखाएपछि उनीहरुले थप त्रास ब्यहाेर्नु परेको हाे ।प्राधिकरणले बुटवल–भैरहवा करिडोरका उद्योगहरुमा एकलौटी, अव्यबहारिक र अन्यायपूर्ण ढंगले ट्रंकलाइन विलिङको नाममा करोडौं रकम असुल उपर गर्न लागेको उद्योगी व्यवसायीहरुको गुनासो छ ।
रुपन्देही उद्योग संघले आइतबार संघमा पत्रकार सम्मेलनको आयोजना गरी उद्योगी व्यवसायीमाथि राज्यले अन्याय गरेको उद्योगीहरुले बताएका छन् । नेपाल विधुत प्राधिकरणले एकलौटी रुपमा ताकेता गरेको ट्रंकलाइन विलिङले समस्यामा पारेको रुपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेलले बताए ।
बुटवल–भैरहवा औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरुले ३३ केभी औद्योगिक विद्युत प्रसारणलाइन विधुत खपत गर्दै नियमित उधोग व्यवसाय सञ्चालन गर्दै प्राधिकरणबाट जारी भएको बिलको महशुल समयमै भुक्तानी गरिएको संघका अध्यक्ष पौडेलले बताए ।
प्राधिकरणले २०७२ भदौदेखि २०७६ मंसिरसम्म ट्रंकलाइन खपत गरेको भनी झण्डै ४ वर्षपछि २०७६ फागुनमा सो अबधी बिल दरमा ६६.६७ प्रतिशत वृद्दि गरी महशुल भुक्तिानीका लागि ताकेता गरेपनि उद्योगीहरुले महशुल तिर्न नसक्ने उधोगीहरुले बताएका छन् ।
प्राधिकरणले छुट बिल जारी गरेपछि समस्या उत्पन्न भएको र समस्यालाई समाधान गर्न रुपन्देही उधोग संघको पहलमा मन्त्रिपरिषद्ले २०७७ साउन १९ गते विद्युत नियम आयोगलाई विवाद निरुपणका लागि निर्देशन दिएपनि अहिलेसम्म समस्याको निराकरण नहुंदा उधोगी व्यवसायीले आफुहरु अन्यायमा परेको बताएका छन् ।
प्राधिकरणले एकाधिकारको चरम दुरुपयोग गरी न्याय र कानुनको अवहेलना गरेको रुपन्देही उधोग संघका अध्यक्ष माधवप्रसाद पौडेलले बताए । उनले विधुत महशुल नियमावली २०७३ ले दैनिक २० घण्टा वा सो भन्दा बढी विधुत उपभोग गर्न पाउने गरी निवेदन दिइ स्वीकृत भएका उधोगीले मात्र ट्रंकलाइन सरहको महशुल बुझाउनु पर्ने व्यवस्था रहेको बताए ।
रुपन्देहीका उद्योगहरुले बिद्युत खपत नगरेको र ट्रकलाइन सम्बन्धी छलफल र सहमती नभएकाले ट्रंकलाइन विलिङको महशुल तिर्न नपर्ने रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष बाबुराम बोहोराले बताए ।
उद्योगहरुलाई ट्रकलाइन सेवा जडान भएको भनिएको अबधीको विधुत प्राधिकरणले पटक–पटक प्रकाशित गरेको औद्योगिक ग्राहक लोडसेडिङ तालिका अनुरुप उद्योगहरुले चरम लोडसेडिङको मार भोग्नु परेको उधोगीहरुको भनाइ छ । उच्च अदालत बुटवल इजालसमा दर्ता भएको मद्दा हालसम्म विचाराधिन अवस्थामा रहंदा समस्या भएको उधोगीहरुको भनाइ छ ।
पत्रकार महासंघ रुपन्देही अधयक्ष रामराज पोखरेलले अहिलेको अवस्थामा सबै क्षेत्र समस्यामा परेको र आमजनतामा निरासा छाएको बताउंदै उद्योगी व्यवसायीका समस्याप्रति पत्रकारिताको क्षेत्रबाट राम्रा कामका लागि सहयोगी बन्ने प्रतिवद्दता जनाए ।













