बासुदेव ढकाल
रामपुर भाद्र२५
पाल्पा, रामपुर नगरपालिका ६, मिलनचोकमा रामपुर नगर गौशाला समितिले निर्माण गरेको कामधेनु गाईको शालिक वैदिक विधि पूर्वक प्राण प्रतिष्ठा गरी सोमबार अनावरण गरिएको हो ।गौशालिक निर्माणसंगै मिलनचोकलाई गौशाला चोक भनि नामाकरण गरियो ।
गाई र दुध खाँदै गरेको बाच्छो सहितको गौशालिक अनावरण गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले पछिल्लो समय धार्मिक विवादहरु बहिर आईरहेको सन्दर्भमा सहिष्णुता कायम गर्दै एकले अर्को धर्मको सम्मान गर्दै अघि बढ्न आग्रह गर्नुभयो । उहाँले चल्दै आएकोे धर्म र संस्कृतिलाई निरन्तरता दिनु आवश्यक रहेको बताउँनुभयो । उहाँले गाई राष्ट्रिय जनावर मात्रै नभै धार्मिक, संस्कृतिक महत्व रहेकाले संरक्षणमा ध्यान दिनु हामी सबैको दायित्व रहेको वताउनु भयो । गाईको संरक्षणका लागि सञ्चालन हुँदै आएको नगर गौशाला व्यवस्थापनको लागि नगरपालिकाले आवश्यक सहयोग गर्दै आएको पनि बताउनुभयो ।
पण्डित दिननाथ भण्डारीले गौमाताको महत्व सबैभन्दा ठूलो भएपनि अहिले सबैभन्दा हेलामा गाई परेको बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले गौमाताले दैनिक जीवनमा मात्र नभै संस्कार र संस्कृति संरक्षणमा पनि टेवा दिने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णु मायाँ ढकालले नेपालमा धार्मिक द्वन्द सिर्जना गर्न विभिन्न प्रयास भैरहेको भन्दै यस प्रति सचेत रहनु आवश्यक रहेको बताउनुभयो ।
रामपुर नगर गौशाला समितिका अध्यक्ष हुमनाथ न्यौपानेले पछिल्लो राष्ट्रिय जनावर संगै माताको रुपमा पुज्दै आएको गाईको हत्या गर्ने, हेला गर्ने प्रवृति बढ्दै गएकाले गाईको संरक्षणका लागि सन्देश प्रवाह गर्न गाईको शालिक निर्माण गरिएको बताउनुभयो । उहाँले सञ्चालनमा रहेको नगर गौशालाको पहिचान संगै यसलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न ९० हजारको लागतमा शालिक निर्माण गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई, नेकपा एकिकृत समाजवादीका केन्द्रिय सल्लाहाकार लेखनाथ पोखरेल, नेकपा माओवादी केन्द्र रामपुरका अध्यक्ष यम बहादुर सुनार, राष्ट्रिय प्रजातन्त्र पार्टीका पाल्पाका सदस्य राजेन्द्र प्रसाद ढकाल र राष्ट्रिय जनमोर्चा रामपुरका नगर अध्यक्ष रामप्रसाद गैरे लगाएतले बोल्दै धर्मको नाममा एक माथि अर्को प्रहार गर्ने प्रवृति बढ्दै गएको बताएका थिए । हाम्रो धर्म र संस्कृति प्रतिमा आँच आउने गरी भएका गतिविधि प्रति गम्भीर हुन आवश्यक भन्दै गौशालिक निर्माणले पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने बताएका थिए ।
रामपुर नगर गौशाला समितिका अध्यक्ष हुमनाथ न्यौपानेको स्वागत बाट सुरु भएको कार्यक्रम समितिका उपाध्यक्ष थानेश्वर अधिकारीको स्वागत बाट सुरु भएको थियो । सहभागीहरुलाई सल्लाहाकार सागर प्रसाद देवकोटाको धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सहसचिव सुदिप गैरेको सञ्चालनमा भएको थियो । भजनकृतनका साथ भएको कार्यक्रममा धार्मिक तथा गौसंरक्षणका अभियन्ता, पण्डित, राजनैतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाहरुको सहभागीता रहेको थियो ।













