

पाल्पा - पाल्पामा निजामती सेवा दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । कर्मचारी मिलन केन्द्र पाल्पाको आयोजनामा भएको रक्तदान कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी निकायका कर्मचारीहरूले रक्तदान गर्नुभएको थियो ।
लुम्विनी मेडिकल कलेज प्रभाससँगको समन्वयमा रक्तदान कार्यक्रम गरिएको कर्मचारी मिलन केन्द्रका अध्यक्ष एवं शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार रक्तदान कार्यक्रममा १३ जनाबाट १३ पोइन्ट स्वच्छ रगत सङ्कलन भएको छ ।
रक्तदान कार्यक्रममा जिल्ला अदालत पाल्पाका न्यायधीश कमलराज विष्ट, पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, सहायक प्रजिअ भक्तिसरा रानालगायतको सहभागिता रहेको थियो ।