पृथ्वी राजमार्ग अन्तर्गत काठमाडौंबाट पश्चिम जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका १, छहरामा दुर्घटना भई त्रिशुली नदीमा खसेको छ। बस बुधबार बिहान त्रिशुलीमा खसेको हो । काठमाडौबाट पोखरा जाँदै गरेको बस गजुरी र मलेखु बिच पर्ने छहराबाट त्रिसुलीमा खस्दा ८ जनाको मृत्यु बाकीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटना बारे थप विवरण आउन बाँकी छ ।













