पाल्पाको रामपुरमा आज पुष्पलाल स्मृति दिवस मनाइएको छ । नेकपा एमाले रामपुर नगर कमिटिको आयोजनामा एक कार्यक्रम गरी ४५ औं स्मृति दिवस मनाइएको हो । कार्यक्रममा नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद् सदस्य तथा निर्वतमान लुम्बिनी प्रदेश सभा सदस्य युवराज खनालले स्वर्गिय पुष्पलालको योगदानलाई कदर गर्दै उहाँले नेपाली राजनितिमा खेलेको भुमिकाको अनुशरण गर्न सके मात्रै पुष्पलाल प्रतिको सच्चा सम्मान हुने बताउनु भएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठ, प्रगतीशिल तथा पेशागत कानुन व्यवसायी संगठनका केन्द्रिय उपमहासचिव शिव अर्याल लगायतले बोल्दै पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएकोले उहाँले सृजना गरेको बाटोलाई भुल्न नहुनेमा जोड दिनुभयो । नगरकमिटि अध्यक्ष विष्णुप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा सह सचिव ईश्वरी खनालले स्वागत तथा सचिव कृतिनाथ श्रेष्ठले संचालन गर्नु भएको थियो । सहभागीले स्वर्गीय पुष्पलालकाे तस्बिरमा फूलअविर अर्पण गरि श्रदासुमन व्यक्त गरेका थिए ।













