नेकपा एकिकृत समाजवादीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मान्छे सकरात्मक सोँचका साथ मानव कल्याणमा लाग्नुपर्ने बताएका छन् ।
नेकपा एकिकृत समाजवादी पाल्पा जिल्ला कमिटिका अध्यक्ष कमल पाण्डे को निधनमा मंगलबार बगनासकालि गाउँ पालिका पिप्ले निवासमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । नेकपा एकिकृत जिल्ला पाल्पा जिल्ला कमिटी को आयोजनामा भएको श्रद्धाञ्जलीसभामा अध्यक्ष नेपालले मान्छेको जीवन कतिखेर के हुन्छ भन्न नसकिने भन्दै सवैको कल्याण हुने गरि जीवन विताउनुपर्ने बताए । उनले मृतक कमल पाण्डे ले पु¥याएको योगदान स्मरणीय रहेको बताउँदै मृतकप्रती श्रद्धाजली अर्पण गर्दै परिवारजनमा समवेदना दिए । नेकपा एकिकृत समाजवादी पाल्पा जिल्ला अध्यक्ष कमल पाण्डे ह«दयघात भएर केहि दिनअघि गुमाउनुपरेको बताउँदै एक इमान्दार र सच्चा कम्यूनिष्ट नेता गुमाउनुपरेको समेत श्रद्धाञ्जलीसभामा अध्यक्ष नेपालले स्मरण गरे ।
श्रद्धाञ्जलीसभामा नेकपा एकिकृत समाजावादी पार्टीका पोलिटब्यूरो सदस्य सोमप्रसाद पाण्डे, काङ्ग्रेस का नेता बिर बहादुर राना ,माअाेबादि पाल्पा समयोजक राजेन्द्र बि .क जनमोर्चा का जिल्ला अध्यक्ष बिशाल दर्लामि सहितका नेताहरुको उपस्थिती थियो ।