पाल्पा ,तानसेन नगरपालिका वार्ड नम्बर १३ छेर्लुङ्गको सप्लक फाट पहिरोले पुरिएको छ । रोपाइँ गर्न ठीक्क पारेर राखेको व्याड खेत यति बेला पुरै ढुङ्गा माटोले पुरिएको देख्दा मन खिन्न भएको किसानहरु बताउछ्न् ।
कालीगण्डकी कोरिडोर बिस्तार आयोजनाको चरम लापरबाहीको कारण वर्षा सगै गएको ढुङ्गा माटोको लेदो पहिरोले रोपाइँ गर्न तयारी अवस्थामा रहेको करिब १० रोपनी खेत पुरै बगरमा परिणत भएको स्थानिय किसान चुरामणि भट्टराईले राष्ट्रिय न्यूजलाई वताउनु भयो। स्थानीय निकाय संग भल व्यवस्थापनको लागि बारम्बार गुहार मागे पनि कुनै वास्ता नगरेको कारण आज यो अवस्था आएको उहाँको गुनासो रहेको छ ।













