पाल्पा ४, असार ।
सोमबार पौडी खेल्ने क्रममा रूपन्देहीको शुद्धोधन गाउँपालिका–२ रजाडका २२ वर्षीय सञ्जय चौधरी र भारतको गोरखपुरस्थित फत्तेपुरका ३४ वर्षीय विपीन धुसियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । रैनादेवी छहरा गाउँपालिका– ८ सत्यवतीमा रहेको जलुके झरनामा डुबेर चौधरीको मृत्यु भएको हो। गर्मी छल्न साथीहरूसँग आएका चौधरी पौडी खेल्ने क्रममा डुबेका थिए। भने धुसिया पनि पौडी खेल्ने क्रममै तिनाउ गाउँपालिका– ३ सिद्धबाबा नजिकै तिनाउ खोलामा डुबेका हुन्।
बेलुकीपख डुबेर गम्भीर अवस्थामा रहेका चौधरी र धुसिया दुवैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो। चिकित्सकले धुसिया र चौधरीलाई चेकचाज गर्ने क्रममा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए। साथै घटना समबन्धी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।













