पाल्पा । विहिवार पाल्पा जिल्ला अस्पतालको स्वास्थ्य गुणस्तर वृद्धिका विषयमा पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जिल्ला अस्पतालका अध्यक्ष आत्रेयले पाल्पा अस्पतालमा देखिएका विगतका कमी कम्जोरी हटाउदै जाने वताउनु भयो ।
नयाँ समितिले रेफर अस्पताल भन्दा उपचार गर्ने अस्पताल बनाउन लागि परेको अध्यक्ष आत्रेयले जानकारी दिनुभयो ।
अस्पतालमा दरबन्दी अनुसार डाक्टर र कर्मचारी नहुदा समस्या हुँदाहुँदै पनि अस्पतालले आम नागकिरहरुलाई उचित स्वास्थ्य सेवा प्रदान गर्दै आएको रऔषधीका लागि मात्र रेफर लिन पर्ने बाध्यता अन्त्य गर्ने प्रयास भइरहेको समेत आत्रेयले बताउनुभयो ।
पाल्पा अस्पतालको अक्सिजन प्लान्टबाट उत्पादन हुने अक्सिजनले जिल्लामा आवश्यक अक्सिजनको मात्रा पुरा गर्न सकिने र यहीबाट उत्पादित अक्सिजन सहुलियत मूल्यमा स्थानीय अस्पतालहरु र व्यवसायिक प्रयोजनका लागि उपलब्ध गराउँदै आएको अध्यक्ष आत्रेयले बताउनुभयो । अध्यक्ष आत्रेयले आफ्नो कार्यकालमा माइनर भएपनी शल्यक्रिया सेवा शुरु गर्ने योजना रहेको जानकारीदिनुभयो ।
पाल्पा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विवेक भण्डारीले अस्पतालले २४ घन्टे ईमर्जेन्सी, फार्मेसी, प्रयोगशाला लगायतका सेवा प्रदान गर्दै आएको बताउनुभयो । पाल्पा अस्पतालले पछिल्लो १० महिनामा झन्डै ७० हजारलाई सेवा दिएको दैनिक २ सय वढिले सेबा लिने गरेको भण्डारीले बताउनुभयो ।
कार्यक्रमका नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले अस्पतालको भौतिक संरचना बलियो बनाउँदै आवश्यक थप जनशक्ति र उपकरणको व्यवस्था गर्दै जाने हो भने आमसर्वसाधारणको विश्वास अस्पताल प्रति वढ्ने वताउनु भएको थियो । कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकारहरु उपस्थिती रहेको थियो ।













