बुटवल । १६ औं गणतन्त्र दिवसको अवसरमा लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले देश विदेशमा रहनुहुने लुम्बिनी प्रदेशबासी सम्पुर्ण आमा–बुवा, दिदी–वहिनी, दाजु–भाई, प्रदेश सभाका माननीय सदस्य ज्यूहरु, राष्ट्रसेवक कर्मचारी, शुरक्षाकर्मी संचारकर्मी सबैमा शुभकामना व्यक्त गर्नु भएको छ ।
साथै उहाले गणतन्त्र स्थापनाका लागि भएका जनयुद्ध, जनआन्दोलन एवं विभिन्न चरणका संघर्षहरुमा बलिदानी दिने सम्पूर्ण महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुको साथै घाइते तथा अपाङ्गता हुनुभएकाहरु, बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गनर्स भएको छ ।
सोमवार विहान जारी गरिएको शुभकामना सन्देशमा सभामुख घर्ती मगरले गणतन्त्र जनताको बलिदानीपूर्ण संघर्षको परिणाम भएको उल्लेख गर्नु भएको छ । उहांले विभिन्न कालखण्डमा विभिन्न प्रकारका शासन व्यवस्थालाई अंगिकार गरेको तर ति व्यवस्थाले जनताकोे भावना र विचारलाई कदर गर्न नसकेकै कारण सबै क्षेत्र, वर्ग र समुदायको आशा र विश्वासको धरोहरको रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रामक व्यवस्थाको शुरुवात भएको जनाउनु भएएको छ ।
सभामुख घर्ती मगरले जनताले गणतन्त्रको अनुभूति गर्न पाउने गरी काम गरेर देखाउनु पर्ने चुनौती र बलिदानबाट प्राप्त गणतन्त्रलाई संस्थागत गर्ने, संविधानको कार्यान्वयन गर्ने र संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी सिद्धान्तलाई संविधानले निर्दिष्ट गरे अनुसार कार्यान्वयन गर्नु र गराउनु सबैको दायित्व भएको सन्देशमा उल्लेख गर्नु भएको छ ।
उहांले परिवर्तनलाई स्वीकार गर्न नचाहनेहरुबाट यो या त्यो वहनामा संविधान र गणतन्त्रलाई कमजोर पार्ने कुचेष्टा भईरहेको जनाउनु भएको छ । गणतन्त्र र संविधानमाथि प्रहार हुन सक्नेप्रति सचेत भई गणतन्त्रको संस्थागत विकासका लागि अझ सुदृढ राष्ट्रिय एकता जरुरी रहेको उहांले उल्लेख गर्नु भएको छ । ‘संविधानको मर्म र भावना अनुसार अघि बढ्दै गणतन्त्र र संविधानको रक्षाको लागि एकजुट भई यसमा समर्पित हुन सबैमा प्रेरणा मिलोस् भन्ने कामना सहित सम्पूर्णमा १६ औं गणतन्त्र दिवसको पुनः शुभकामना व्यक्त गर्दछु ।’ शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।













