चैत्र २, पाल्पा ।
पाल्पाको तिनाउँ गाउँपालीका वडा नंं. ३ पैठेडाँडा स्थित सिद्दार्थ राजमार्गमा प्रहरी चेकिङ गर्ने क्रममा अवैध सामान बरामद गरेको छ । बुटवलबाट गुल्मी तर्फ जादै गरेको लु २ च ५४८९ नम्बरको पिकअप बलेरोलाई चेकजाँच गर्ने क्रममा राजश्व छली गरी ल्याउँदै गरेको अवस्थामा ९८२ के.जी. चियापत्ती, ६ कार्टुन ईम्ली मिठाई, सनपापडी मिठाई ५ कार्टुन सहित गाडीलाई प्रहरीले नियनत्रणमा लिएको हो ।
गाडीबाट अन्दाजी मुल्य रु ३ लाख ६ हजार ५ सय ६० (तीन लाख छ हजार पाँच सय साठी) बराबरको सामान फेला पारी गाडी र चालक सहितलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाईएको प्रहरी प्रबक्ता विरेन्द्र थापाले जानकारी दिनुभयो ।













