फागुन २६,बुटवल । प्रेस सेन्टर रुपन्देहीको अध्यक्षमा विष्णु पोखरेल चयन भएका छन्। शुक्रबार बुटवलमा सम्पन्न प्रेस सेन्टरको अधिबेशनले पोखरेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
सेन्टरको उपाध्यक्षमा अम्बिका परियार र पविता पौडेल, सचिवमा रमेश गैरे, सह-सचिवमा प्रकाश पाण्डे, संजय लामा र निर्मल थापा तथा कोषाध्यक्षमा पशुपति यादव रहेका छन् । यस्तै कार्यसमिति सदस्यमा दिपक कलवार, जगलाल नेपाली, सुनिता चुदाली, अन्जना चौहान, जितेन्द्र चौधरी, सुमित्रा तरामु, दिनेश प्रसाद लोध र नेत्र रुचाल रहेका छन्।
अधिवेशनमा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, रुपन्देही जिल्ला संयोजक निर्मल जिसी, प्रेस सेन्टरका केन्द्रिय उप-महासचिव यानेन्द्र जिसी, केन्द्रिय सदस्य भुवन कार्की, लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष रुद्रहरी कुँवर, प्रदेश सदस्यद्वय माया केसी र संजय सौगात लगायतले बोलेका थिए । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वक्ताहरूले प्रेस सेन्टरमा आवद्ध पत्रकार ले जनपक्षीय पत्रकारिता बलियो बनाउनुपर्ने बताए।













