पाल्पा–१५,भाद्र
पाल्पा–बुटवल सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । गएराति परेको वर्षाका कारण तिनाउ–३ झुम्सा र हेडबक्स नजिकै ढुंगा सहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध बन्दा गएराति दुई बजेबाट दुईतर्फी नै सवारी आवागमन बन्द भएको र सडक सुचारू गर्न डिभिजन सडक कार्यालयको स्काभेटर परिचालन भएको जिल्ला ट्राफिक प्रमुख दामोदर मल्लले जानकारी दिनुभयो ।
सडक अवरुद्ध हुँदा पाल्पा हुँदै बुटवल जाने र बुटवल हुँदै पाल्पा, गुल्मी, स्याङ्जा,अर्घाखाँची जाने सवारीसाधन र यात्रु बीच बाटोमै रोकिएका छन् ।
फोटो पत्रकार विष्णु घिमिरेको सहयोगमाः













