राष्टिय न्युज ।
पाल्पा जिल्लाको तिनाउ गाउँपालिका–३, मा पौडी खेल्ने क्रममा तिनाउ खोलामा डुबेर एक भारतीय नागरिक बेपत्ता भएका छन् । बिहीबार तिनाउ खोलाको ड्यामसाइडमा पौडी खेल्ने क्रममा भारतको महाराजगन्ज नौतनवा निवासी १८ वर्षीय सोएब अन्सारी बेपत्ता भएको प्रहरीले जनाएको छ ।
तिनाउ खोलामा डुबी विपत्ता भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी दोभान बाट प्रहरी टोली खटिगई खोजतलास भईरहेको हाल सम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । उहाँका अनुसार निजी अन्य ४ जना साथीहरु संग घुम्न आएको र अन्य साथीहरु सकुशल रहेको बताए । घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।













