पुष २७,पाल्पा।
बुटवलबाट तानसेन हुदै गुल्मितर्फ जादै गरेको लु २ ख ५६१८ नम्बरको फोर्स बसको ठक्करबाट घाइते तानसेन ११, सामाकोट बस्ने स्थानीय ४६ वर्षिया सिता गहतराजको निधन भएको छ।
गुल्मि तम्घास सडक अन्तर्गत पर्ने सामाकोट सडकमा हिडिरहनुभएकि गहतराजलाई फोर्स बसको ठक्करबाट गम्भीर घाइते भएपछि थप उपचारको क्रममा लुम्बिनी मेडिकल कलेजमा चिकित्सकले मृत घोषण गरेको जिल्ला प्रहरि कार्यालय पाल्पाले जनाएको छ।
चालकलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरि पाल्पाका निरीक्षक सन्दिप बेल्बासेले जानकारी दिनुभयो।














