धनबहादुर ठाडा पुस १३ पाल्पा-
पाल्पाको निस्दी गाउँपालिका ४,मित्यालमा बाँधेर राखेको एउटा गोरुलाई बाघले मारेको छ । त्यस्तै सँगैको अर्को गोरुलाई घाइते बनाएको छ ।
निस्दी -४, मित्याल, भोर्माका देव बहादुर खाम्चाको गोठमा बाँधेर राखेको गोरुलाई गए राति बाघले आक्रमण गरेको हो । एउटा गोरुलाई गोठभन्दा करिब २० मिटर टाढा मरेर राखेको अर्को गोरुलाई गोठमै घाइते अवस्थामा छोडेको प्रहरीले बताएको छ ।
घटनाकाे प्रकृति हेर्दा चितवन राष्ट्रिय निकुञ्जबाट बाहिर आएकाे ठुलाे बाघ हुन सक्ने निस्दी सव डिभिजन वन कार्यालय मित्यालका प्रमुख नन्द प्रसाद अधिकारीले बताउनुभएकाे छ । आगामी दिनमा थप घटना नदोहोरीउन र मानवीय क्षति हुन नदिन सबैलाई सचेत हुन प्रहरीले अनुरोध गरेको छ ।





