बिकाश काफ्ले
चिदीपानी १३ पुस पाल्पा
ब्यवहारिक ज्ञान र सिप बढाउन सौभाग्य माध्यमिक बिद्यालयमा बिद्यार्थीहरुले खाना महोत्सव गर्ने भएका छन् । सधै जसो लेख्न पढन र खेल्न मै समय ब्यक्ति गर्ने उनीहरुले बिद्यालयमा खानाका बिभिन्न परिकार बनाई महोत्सव गर्ने तयारी गरेका हुन् । महोत्सव सौभाग्य मा.बि. कक्षा ६ देखि १२ सम्म अध्ययनरत बिद्यार्थीहरुले खानाको बिभिन्न परिकार बनाई महोत्सवमा प्रर्दशन समेत गरिने बिद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद खनालले महोत्सवले बिद्याथीहरुलाई सिप, सामुहिकता र ब्यवस्थापनको ज्ञान दिन यो कार्यक्रम गर्न लागिएको बताए ।
उनले घरमा आफना आमा बुवालाई समेत सघाउने गरी पाठ शिक्षा तर्फ समेत अग्रसर रहन यो कार्यक्रमले भुमिका खेल्ने बताए । पढाईसंगै अतिरिक्त क्रियाकलाप हुने गरि परियोजना कार्य अन्तर्गत विद्यार्थीहरुले थरीथरीका परिकारहरू बनाउने शिक्षक बिध्यार्थी अभिभावक समुदायलाइ महोत्सवको रुपमा एउटै आगनमा जोड्ने र सुमधुर सम्बन्ध कायम गर्ने प्रयास मौलिक र सिर्जनसिल छ। सौभाग्य माबि सबै सिकाइको केन्द्र बनाउने प्रयास छ। सबै उपस्तित जनाइ सहयोग गर्नु जरुरी रहेको बिद्यालयका अध्यक्ष तथा वाड अध्यक्ष राजकुमार पन्थी ले बताए ।
महोत्सवमा कोदोको रोटी , फापरको रोटी, मकैको रोटी तरुलहरू सेल रोटी लगातयका परिकार हुनेछन् । महोत्सव पुस १४ गते हुने बिद्यालयले जनाएको छ । जनप्रतिनिधि अभिभावक समाजसेवी बुद्धिजीवीहरू पत्रकार युवा क्लब बिद्यालयका शिक्षकहरुलाई परिकार खौंने कार्यक्रम रहेको छ ।













