पुष १० पाल्पा।
तानसेन नगरपालिका वडा नम्बर ७ र १० मा भुसिया कुकुर ले टोकेर धेरै घाइते भएका छन। बाटोमा हिड्दै गरेका मानिस र घर मै गएर पनि टोक्ने गरेको आज मात्रै ७-८ जान लाइ कुकुर ले टोकेकाे छ ।
यदि बउला कुकुर ले टोके रेबिज रोग लाग्छ। रेबिज घरपालुवा जनावर विशेषगरी कुकुरको टोकाइबाट बढी सर्छ। रेबिज एउटा यस्तो रोग हो, जुन लागेपछि बिरामीको मृत्यु नै हुन्छ। रेबिजको उपचार हालसम्म पत्ता लाग्न सकेको छैन। त्यसैले कुकुरको टोकाइलाई सामान्य रुपमा लिनु हुँदैन। टोकाइको अवस्था, शरीरको भाग अनुसार रेबिज लाग्ने सम्भावना र जोखिम फरक हुने गर्छ।
घरपालुवा जनावर वा कुकुरले टोक्ने बित्तिकै के गर्नु पर्छ ?
– अहिले धेरै मानिसले घरमा कुकुर पाल्ने चलन बढेको छ।
– कुकुरले टोक्ने बित्तिकै सबैभन्दा पहिले टोकेको घाउमा साबुन–पानीले सफा गर्नुपर्छ।
– साबुन–पानीले सफा गरेपछि सकेसम्म छिटो अस्पताल जानुपर्छ।
कुकुरले टोकेका सबैलाई रेबिज विरुद्धको खोपको आवश्यकता पर्दैन।
– तर टेकु अस्पताल आउनेहरुलाई हामीले खोप लगाउने गरेका छौँ।
– कोही व्यक्ति कुकुरले टोकेको १० दिनपछि आएको छ। र, कुकुर पनि स्वस्थ छ भने खोपको आवश्यकता पर्दैन।
– टोक्ने बित्तिकै कुकुर देखिएन, कुकुर कतै भाग्यो वा भेटिएन भने खोप लगाउन हामी सुझाव दिन्छौँ।
रेबिज भएको कुकुरले टोक्दा कस्तो लक्ष्यण देखा पर्छ ?
– सामान्यतयाः लक्षण देखिन एकदेखि तीन महिना लाग्छ।
– तर यसको इन्क्युवेसन पिरियड फरक हुने भएकाले वर्षौंसम्म पनि देखिन सक्ने विभिन्न अध्ययनले देखाएको छ।
– औँलाको टुप्पो, घाँटीभन्दा माथि र एकभन्दा ठाउँमा बढी र गहिरो टोकाइ छ भने एक महिना भित्रैमा पनि लक्षण देखिन सक्छ।
– तर यी अंग र भाग बाहेक अन्यमा टोकाइ छ भने ६ देखि ९ महिनामा लक्षण देखिएको मेरो अनुभव छ।
रेबिज लागेपछि कुनै पनि व्यक्तिको मृत्यु कसरी हुन्छ?
– रेबिज लागेपछि शरीरका अंगहरुले काम गर्न छोड्छ।
– रेबिजले सबैभन्दा पहिले मस्तिष्कको काम गर्ने क्षमतामै समस्या ल्याउँछ।
– हावा–पानी देखेर डराउन थालेको ५÷७ दिनमा व्यक्तिको मृत्यु नै हुन्छ।
कुकुर पालेपछि जथाभावी नछोडौ, कुकुर पालिसेपछि रेबिज बुरुद्द्का खोपहरु लगाऔ, याद राख्नुहोस तपाइ ले छोडेको कुकुरले तपाइलाइ पनि एकदिन टोक्न सक्छ।













